Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापमा गत ५ महिनामा २५ जनाले गरे आत्महत्या, के कारणले गर्छ मान्छेले आत्महत्या ?

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
लिखु तामाकोशीमा एक युवक झुण्डीएको अवस्थामा मृत फेला
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

साउन १३, जनता भ्वाइस संवाददाता, रामेछाप ।
गत ५ महिनाको अवधिमा रामेछाप जिल्लामा आफूखुशी ज्यान फाल्ने २५ जना रहेका छन् । जिल्ला प्रहरी कार्यालय, रामेछापले सार्वजनिक गरेको गत माघ महिनाको १ गतेदेखि गत असार मसान्तसम्मको तथ्याङ्कमा गोकुलगंगा गाउँपालिका बाहेक अन्य सबै गाउँपालिकाभित्र आत्महत्या गर्नेको संख्या देखिएको छ । जिल्लाको सुनापति र लिखु तामाकोसी गाउँपालिकामा ६ जनाले आत्महत्या गरेका छन् । जसमा सुनापति गाउँपालिकामा पुरुष १ र महिला ४ जनाले झुण्डिएर आत्महत्या गरेका छन् भने १ जना महिलाले विष सेवन गरी आत्महत्या गरेका छन् ।


त्यस्तै लिखु तामाकोसी गाउँपालिकामा २ महिला र २ पुरुषले झुण्डिएर आत्महत्या गरेका छन् भने २ जना महिलाले विष सेवन गरी कूल ६जनाले आत्महत्या गरको तथ्याङ्कमा उल्लेख छ ।
सुनापति र लिखु तामाकोसी गाउँपालिका पछि तेस्रो स्थानमा मन्थली नगरपालिकामा ५ जनाले आत्महत्या गरेका छन् । मन्थली नगरपालिकामा ३ महिलाले गत ५ महिनाको अवधिमा झुण्डिएर आत्महत्या गरेका छन् भने विष सेवन गरी १–१ जना महिला र पुरुषले आत्महत्या गरेका छन् ।
यस्तै रामेछाप नगरपालिका, खाँडादेवी, दोरम्बा र उमाकुण्ड गाउँपालिकामा २–२ जनाले आत्महत्या गरेको जिल्लाप्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।


अक्सर मान्छेले बाँच्ने उपाय खोजिरहेका हुन्छन् । मान्छे मृत्युदेखि सधै भयभित रहन्छ । त्यसैले सकेसम्म मृत्युलाई धकेल्दै मान्छेले जीवन लम्बाउने यत्न गर्छन् । जतिसुकै जटिल रोग लागेपनि मान्छे हार्न चाहँदैनन् । रोगसँग जुधेर बाँच्न चाहन्छ । एकबारको जीवनलाई मान्छेले पूर्ण भोग गर्न चाहन्छन् । मृत्यु स्वभाविक हो । सत्य पनि । तर, मृत्युलाई बिर्सिएर मान्छे जीवनमा हाँस्न र रमाउन चाहन्छ । केही गर्न चाहन्छ । मान्छेलाई आफ्नो जीवनप्रति त्यती प्रेम छ । लोभ छ । तर, त्यही मान्छे आफ्नो जीवन सिध्याउन पनि उक्सन्छन् । किन ?


बर्षेनी १० लाखले गर्छन् आत्महत्या
विश्वमा प्रति वर्ष १० लाख मानिसहरु आत्महत्याका कारण मृत्युको शिकार हुने गरेको तथ्याङ्क पाइन्छ । प्राय सबै देशमा १५ देखि २४ वर्षका मानिसमा यो समस्या बढी देखिने गरेको छ । जव मानिसले समस्या समाधानका कुनै उपाय देख्दैन, त्यतिबेला उसले आत्महत्याको बाटो रोज्छ । संसारमा वर्षेनी लगभग ८ लाख व्यक्तिले आत्महत्या गर्छन् । हरेक ३ सेकेन्डमा १ जनाले प्रयास र ४० सेकेन्डमा १ जनाले आत्महत्या गर्छन् । १५–२९ वर्ष उमेर समूहमा आत्महत्या मृत्युको दोस्रो प्रमुख कारणका रुपमा रहेको छ ।


कसले गर्छ आत्महत्याको प्रयास ?
आत्महत्या विश्वव्यापी घटना भएता पनि ७८ प्रतिशत आत्महत्याका घटना विकासोन्मुख देशहरुमा हुने गरेको तथ्याङ्क छ ।
आत्महत्याबाट जति मानिसको मृत्यु भइरहेको हुन्छ, त्यसको तुलनामा आत्महत्याको प्रयास गर्नेको संख्या २० गुणाले बढी हुने गर्छ । प्रायः महिलाहरु पुरुषहरुको तुलनामा बढी आत्महत्याको प्रयास गर्छन् । तर, तथ्याङ्कका अनुसार खतरनाक तरिका अपनाउने हुनाले पुरुषहरुले महिलाको अनुपातमा बढी आत्महत्या गरेको पाइन्छ । विश्वमा आत्महत्याका माध्यमहरु मध्ये विष सेवन, झुण्डिएर तथा शरीरमा आगो लगाएर गर्ने आत्महत्या प्रमुख रहेको डब्ल्युएचओको तथ्यांकमा उल्लेख छ ।


नेपालको तथ्यांकले के भन्छ ?
नेपालमा आत्महत्याको अवस्थाबारे चर्चा गर्दा प्रत्येक बर्ष सरदर ४ हजार ६७४ व्यक्तिले आत्महत्या गर्ने गरेको नेपाल प्रहरीको तथ्याङ्क छ । महानगरीय प्रहरी कार्यालय काठमाडौंमा प्रत्येक हप्ता कम्तिमा १० वटा आत्महत्यासम्बन्धी घटना दर्ता हुने गरेका छन्, जसमा अधिकांश महिला छन् । विश्वमा आत्महत्याको जोखिममा नेपाल सातौ स्थानमा छ भने महिलामा तेस्रो स्थानमा छ । नेपाललगायत विकासशील मुलुकहरुमा आत्महत्या सम्बन्धी विभिन्न सामाजिक लाञ्छना, धार्मिक कारण र सामाजिक मनोवृत्ति, उपयुक्त अभिलेखीकरणको अभाव तथा सीमित अनुसन्धान आदिका कारण भरपर्दो रुपमा तथ्याङ्कको कमी छ ।


मान्छेले किन गर्छ आत्महत्या ?
उदासीनतालाई आत्महत्याको मुख्य कारण मानिन्छ । सामान्यतः धेरै दिक्दारी लाग्नु, मुडमा आवश्यकता भन्दा बढी उतारचढाव आउनु, आफूलाई एकदमै दयनीय अवस्थाको ठान्नु, जीवनप्रति रुचि नहुनु, भविश्यप्रति कुनै आशा नलाग्नु आदि उदासीनता का कारणहरु हुन् । उदासीनताले आत्महत्यालाई बढावा दिने गर्छ । त्यसैगरी रक्सी र अन्य लागूऔषधको दुरुपयोग आत्महत्याको अर्को कारण हो । केही मानिसहरु नयाँ अनुभव लिन, उदासीनता, निराशापन, नकारात्मक भावनालाई हटाउनका लागि भन्दै मद्यपान वा अन्य लागूऔषधको प्रयोग गर्दछन् । यसले कार्य शिथिलता ल्याउने तथा उदासीनता बढाउने गर्छ । साथै यसको प्रयोगले धेरै प्रकारका शारीरिक समस्या निम्त्याउनुको साथै आर्थिकरुपमा कमजोर बनाउँछ र विस्तारै बाँच्ने रहरमा कमी हुदै जाँदा आत्महत्या बढ्ने गरेको पाइन्छ । त्यसैगरी दीर्घ रोग पनि आत्महत्याको एउटा कारण हो । कुनै पनि शारीरिक रोगवाट लामो समयसम्म ग्रसित भइरहेर बाँच्नुको अर्थ नदेखेर कतिपय मानिसले आत्महत्या गर्छन् ।

जस्तै द्वन्द्वले धेरैको अंगभंग भएको छ । शारीरिकरुपमा अस्वस्थ्य छन्, जसले गर्दा पनि आत्महत्याको दर बढेको छ । जटिल मानसिक स्वास्थ्यसम्बन्धी समस्याहरु जस्तै साइकोसिस, सिजोफ्रोनियाजस्ता समस्या भएको व्यक्तिमा पनि आत्महत्याको दर बढ्दो छ । त्यसैगरी सामाजिक, व्यक्तिगत वा मनोसामाजिक समस्याहरुले पनि आत्महत्या बढाउने गरेको छ । जस्तै वैवाहिक जीवनको अन्त्य, हत्या र वेपत्ता हुनेमा प्रायः पुरुषहरु रहेकाले एकल महिलाको संख्या बढेको छ । यसले गर्दा कसैसँग राम्रो सम्बन्ध स्थापित गर्न नसक्नु, बेरोजगार हुनु, आफ्ना विचारहरु पोख्न नपाउनु, जीवनसाथीको अभावमा विभिन्न सामाजिक लाञ्छनाको सामना गर्नु आदि समस्याहरु एकल महिलाले सामना गर्नुपर्ने हुन्छ । यसका साथै वालवच्चाका वावुआमा मारिएपछि वियोगान्त घटनाले पनि आत्महत्याको दर बढाएको छ ।


आत्महत्याको जोखिममा परेका व्यक्तिले देखाउने प्रतिक्रिया कुनै पनि कुरामा प्रतिक्रिया नदिने । आफ्नो सरसफाइमा वास्ता नगर्ने । संवेगात्मक रुपमा शून्य हुने । कुनै कुरामा पनि रुचि नदेखाउने । आफूलाई मूल्यहीन महसुस गर्ने । एक्कासी धेरै खुसी हुने अनि एक्कासी शान्त हुने । आफूले आफैलाई हानीनोक्सानी तथा शारीरिक असर पार्ने व्यवहार गर्ने र आफू मर्नेबारे कुराहरु गरिरहने । आत्महत्या गर्ने योजना बनाई त्यसको तयारी गर्ने । आत्महत्या गर्ने प्रयास गर्नुपूर्व आफ्ना कार्यहरु सिलसिलावद्ध तरिकामा मिलाउने । आत्महत्या गर्नबाट पहिले रोकेका वा रोक्न सक्ने सम्बन्ध तथा भूमिकाहरु टुंग्याउने ।

भविष्यप्रति निराश, आफू वा आफ्नो जीवन आउँदा दिनहरुमा अझ राम्रो हुन सक्छ भनी विचार नगर्ने । मेरो कोही छैन, मलाई कसैले सकारात्मक दृष्टिकोणले हेर्दैनन्, अब म कसका लागि बाँचू जस्ता निराशावादी कुराहरु गर्ने र आफूलाई असहाय महसुस गर्ने । आत्महत्यालाई सकरात्मक रुपमा लिने । आफूले माया गर्ने व्यक्ति वा रेखदेख गर्ने व्यक्तिसँग अप्रत्यासित रुपमा भेटघाट वा कुराकानी गर्ने । आफ्ना मूल्यवान् वस्तुहरु अरुलाई बाँड्ने । आत्महत्याको जोखिममा परेका व्यक्तिलाई कसरी सहयोग गर्ने ? आत्महत्या गर्नेहरुलाई समाजले कायर , यो दुःखबाट राहत पाउनका लागि गरिने हानिकारक कार्य स्वार्थी , आदि ठान्ने गर्छ । यसलाई मानसिक समस्या ठान्ने गरिन्छ । त्यस्ता मानिसहरु पापी एवं कमजोर मानसिकताका हुन्छन् भन्ने समाजले ठान्ने गरेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

तामाकोसी अस्पतालमा एक वर्षमा झण्डै ३० हजार बिरामीले सेवा लिए, लकडाउनमा धेरै बिरामी आएको अस्पतालको तथ्याङ्क

Next Post

जिल्ला विपद् व्यवस्थापन समिति, रामेछापको झण्डै २४ लाख खर्च, हेर्नुस् सूचना यस्तो छ :

Next Post
रामेछापमा मास्क नलगाई घरबाहिर निस्किनेलाइ कार्बाही,

जिल्ला विपद् व्यवस्थापन समिति, रामेछापको झण्डै २४ लाख खर्च, हेर्नुस् सूचना यस्तो छ :

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.