Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आफू कोरोना भाइरस संक्रमणको सिकार भएपछि वीरगंज महानगरपालिकाका मेयरले दिए यस्तो मर्मस्पर्शी सन्देश

जनता भ्वाइस by जनता भ्वाइस
August 1, 2020
in समाचार
0
आफू कोरोना भाइरस संक्रमणको सिकार भएपछि वीरगंज महानगरपालिकाका मेयरले दिए यस्तो मर्मस्पर्शी सन्देश
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

साउन १६, जनता भ्वाइस संवाददाता ।

वीरगंज महानगरपालिकाका प्रमुख (मेयर) विजय सरावगीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक संजाल फेसबुक मार्फत् आफूलाई कोरोना संक्रमण पुष्टि भएको सरावगीले जानकारी दिएका हुन् । आफूलाई कोरोना संक्रमण पुष्टि भएपछि सरावगीले आम वीरगंजबासीलाई यस्तो मर्मस्पर्शी सन्देश दिएका हुन् । आदरणीय दाजु भाई तथा दिदी बहिनीहरु । विगत पाँच महिनादेखि कोरोना भाइरसको संक्रमणबाट वीरगंजवासीलाई बचाउन मैले हरसम्भव प्रयासहरु गरेँ ।

संघीय र प्रदेश सरकारको दायित्व अन्तरगत रहेको क्वारेन्टिन, आइसोलेशन सेन्टर, कोभिड अस्पतालको व्यवस्थापन र संचालनको जिम्मेवारी ती निकायहरुले नलिएपछि मैले नै लिएर नागरिकको जीवन रक्षाको लागि अथक प्रयत्न गरेँ । वीरगंजलाई बचाउन पिसिआर मेशिन, परीक्षणकालागि आवश्यक पर्ने किटहरुको समेत व्यवस्थापन गरेँ । क्वारेन्टिन, आइसोलेशन र कोभिड अस्पतालमा रहेका संक्रमितहरु सहित अस्पतालमा कार्यरत डाक्टर, स्वास्थ्यकर्मी र सफाईकर्मीको खाना र बस्नको व्यवस्था मिलाएँ ।

वीरगंजलाई ग्रिन जोन बनाउने उदेश्यका साथ एकघर एक परीक्षणको अभियान संचालन गर्ने भनिएता पनि त्यसको कार्यान्वयन समयमा हुन नसक्दा वीरगंजमा कोरोना संक्रमण समुदाय स्तरमा फैलिसकेको रहेछ । तपाईहरुको सेवामा अनवरत रुपमा लाग्दा लाग्दै म स्वयं कोरोनाको संक्रमणको चपेटामा परेको छु । म अहिले उपचारार्थ छु, मेरो स्वास्थ्य अवस्था सामान्य छ । मैले छिट्टै नै कोरोनालाई जित्ने छु । पछिल्लो पटक कोरोना संक्रमणबाट वीरगंज आक्रान्त बनेको छ । वीरगंजलाई बचाउन अग्रमोर्चामा रहनु हुने स्वास्थ्कर्मी, महानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज, संचारकर्मी, विभिन्न राजनीतिक दल, स्थानीय प्रशासन र सुरक्षाकर्मीको प्रयासलाई धन्यवाद दिन चाहन्छु ।

अब स्थानीय स्तरबाट मात्र कोरोना नियन्त्रण गर्ने अवस्था देखिँदैन । तसर्थ वीरगंजबासी दाजुभाइ, दिदी बहिनीको जीवन रक्षाको लागि संघीय र प्रदेश सरकारले तत्काल ठोस योजनाका साथ अधि बढ्न आग्रह गर्दछु । साथै कोरोना संक्रमणको यो घडीमा आफूलाई संयमित राख्न र नेपाल सरकारले तोकेको मापदण्ड पालना गर्न सम्पूर्ण महानगरबासी दाजुभाइ, दिदीबहिनीमा अपिल गर्दछु । कोभिड १९ का विरुद्ध महानगरपालिकाले लिएका नीति प्रति साथ सहयोग दिनुहुने सम्पूर्ण महानुभाव प्रति हार्दिक नमन् । मैले कोरोना संक्रमणको लडाईँ जितेर पुनः तपाईको सेवामा आउने प्रतिवद्धता जाहेर गर्दछु ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

आजदेखि चौथो चरणको अन्तर्राष्ट्रिय हवाई उद्धार

Next Post

राजनीति प्रतिको पत्रकार विजयकुमारको व्याङ्ग्यात्मक ट्वीट भाइरल बन्दै

Next Post
राजनीति प्रतिको पत्रकार विजयकुमारको व्याङ्ग्यात्मक ट्वीट भाइरल बन्दै

राजनीति प्रतिको पत्रकार विजयकुमारको व्याङ्ग्यात्मक ट्वीट भाइरल बन्दै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.