साउन ३०
आज जनै पूर्णिमा र क्वाटी खाने दिन । आज तागाधारीहरुले गुरुपुरोहितद्वारा मन्त्र पढी सुद्ध पारिएको जनै फेर्ने गर्दछन् । आजै रक्षा बन्धन नामक धागो हातमा बाँध्ने गरिन्छ । आज बाँधिएको धागो तिहारको लक्ष्मीपूजाका दिन फुकालेर गाईको पुच्छरमा बाँध्ने परम्परा छ । सप्तऋषिलाई तर्पण दिने भएकाले आजको दिनलाई ‘ऋषि तर्पणी’ पूर्णिमा पनि भनिन्छ । तराईका मधेसी समुदायमा आज दिदी बहिनीले दाजुभाइलाई दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी’ बाँध्ने गर्दछन् । त्यस्तै आज विभिन्न गेडागुडीको परिकार ‘क्वाँटी’ खाने चलन छ ।
यसैवीच जनैपूर्णिमाका अवसरमा प्रदेश २ सरकार र सुदूरपश्चिम सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
यसैबिच जनैपूर्णिमाको अवसरमा गोसाईंकुण्डमा आज साढे चार हजारले स्नान गर्दै छन् । गोसाईंकुण्ड क्षेत्र विकास समितिका अनुसार हिजो ४ हजार ७ सय ६ जना तीर्थयात्री गोसाईंकुण्ड पुगेका छन् । उनीहरू आज कुण्डमा स्नान गरेर धुन्चे फर्किने बताइएको छ ।