Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

असिनाले बाली क्षति भएका किसानलाई पालिकाद्वारा नगद सहयोग

जनता भ्वाइस by जनता भ्वाइस
August 7, 2020
in राष्ट्रिय समाचार, समाचार
0
असिनाले बाली क्षति भएका किसानलाई पालिकाद्वारा नगद सहयोग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

साउन २१, जनता भ्वाइस संवाददाता, रामेछाप ।
लिखु तामाकोशी गाउँपालिका वडा नं. २ ले असिना पानीबाट पीडित किसानहरूलाई क्षतिपूर्तिका लागि नगद वितरण गरेको छ । बैशाख २८ गतेको असिना पानीका कारण क्षति भएको साविक सैपु ८ र ९ नं. वडाका किसानहरूलाई वडाले सो रकम वितरण गरेको हो ।


वडा कार्यालयले पूर्ण, मध्यम र न्यून क्षति गरि ३ तहमा क्षतिको विवरण मूल्याङ्कन गरी राहत रकम वितरण गरेको सो वडाका वडा अध्यक्ष पदम तमाङले जानकारी दिए । वडाले पूर्ण क्षति भएका किसानहरूलाई प्रति कृषक रू ४ हजार, मध्यमलाई ३ हजार र न्यूनलाई २ हजारका दरले क्षति वापतको राहत रकम वितरण गरेको हो ।


त्यस्तै वडाले सैपु एग्रो फार्मलाई भने २० हजार सहयोग गरेको छ । वडाले गरेको यस सहयोगबाट १ सय २२ किसान लाभान्वित भएका छन् ।


बैशाख २८ गतेको असिनापानीका कारण सैपुको माथिल्लो भेगको आलु र मकै पूर्ण रुपमा क्षति भएको थियो र सैपु एग्रो फार्मको भने एभोगार्डो, ओखर, किवी लगायत क्षति भएको थियो । यो फार्ममा सामुहिक खेती हुँदै आएको थियो । राहत रकम वितरण कार्यमा गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काको समेत उपस्थिति थियो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

“कान्छी – कथा मजदुर परिवारको”

Next Post

जम्मु–कश्मीरलाई समेटेर पाकिस्तानद्वारा नयाँ नक्सा जारी

Next Post
जम्मु–कश्मीरलाई समेटेर पाकिस्तानद्वारा नयाँ नक्सा जारी

जम्मु–कश्मीरलाई समेटेर पाकिस्तानद्वारा नयाँ नक्सा जारी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.