Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

जम्मु–कश्मीरलाई समेटेर पाकिस्तानद्वारा नयाँ नक्सा जारी

जनता भ्वाइस by जनता भ्वाइस
August 5, 2020
in समाचार
0
जम्मु–कश्मीरलाई समेटेर पाकिस्तानद्वारा नयाँ नक्सा जारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२१ साउन, काठमाडौं ।
पाकिस्तान सरकारले जम्मु–कश्मीर, लद्दाख र गुजरातको जुनागढलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको छ । यो नक्सालाई भने भारतले खारेज गरेको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मंगलबार नयाँ नक्सा जारी गरेको जानकारी दिँदै यसलाई ऐतिहासिक भनेका छन् । नयाँ नक्सा जारी गर्ने मन्त्रिपरिषद निर्णयको सबै विपक्षी दल र पाकिस्तान प्रशासित कश्मीरी नेताहरुले स्वागत गरेको खानले बताएका छन् ।

उनले भनेका छन्, ‘पाकिस्तानको नयाँ राजनीतिक नक्साले पाकिस्तानी जनताको उमंगलाई प्रतिनिधित्व गर्दछ । पाकिस्तान र कश्मीरका जनताको सैद्धान्तिक विचारधाराको समर्थन गर्दछ ।’ भारतले गत वर्ष अगष्टमा जम्मु–कश्मीरलाई दिइएको विशेष राज्यको दर्जा खारेज गरेको थियो भने लद्दाखलाई अलग्गै राज्य बनाएको थियो । यसको पहिलो वर्षगाँठको पूर्वसन्ध्यामा पाकिस्तानले नयाँ नक्सा जारी गरेको हो । भारतले भने पाकिस्तानले जारी गरेको नयाँ नक्सालाई अस्वीकार गरेको छ । भारतीय विदेश मन्त्रालयले त्यसलाई राजनीतिक मूर्खता भनेर टिप्पणी गरेको छ ।

भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘भारतीय राज्य गुजरात र हाम्रो केन्द्र शासित प्रदेश जम्मु–कश्मीर र लद्दाख क्षेत्रमा यो आधारहीन दाबी हो । यसको न कानुनी वैधता छ, न अन्तर्राष्ट्रिय विश्सनीयता ।’ अनलाइन खबरले यो सामाचार प्रकाशन गरेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

असिनाले बाली क्षति भएका किसानलाई पालिकाद्वारा नगद सहयोग

Next Post

युवा दिवसमा हुने भो रक्तदान र निबन्ध लेखन

Next Post
युवा दिवसमा हुने भो रक्तदान र निबन्ध लेखन

युवा दिवसमा हुने भो रक्तदान र निबन्ध लेखन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.