Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

पूर्व जिविसका कर्मचारीहरुको अवकास भुक्तानीबारे मन्त्रालयको निर्देशन

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in समाचार
0
पूर्व जिविसका कर्मचारीहरुको अवकास भुक्तानीबारे  मन्त्रालयको निर्देशन
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

साउन २२, काठमाडौं ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले पूर्व जिल्ला विकास समितिमा स्थायी नियुक्ती भई हाल पालिकाहरुमा स्थानान्तरण भएका कर्मचारीहरुको अवकास भुक्तानी विवरण माग गरेको छ ।
हिजो (साउन २१) मा मन्त्रालयले एक बैठकमार्फत देशका सबै जिल्ला समन्वय समितिहरुलाई पत्राचार गर्दै साविकका जिल्ला विकास समितिको कार्यालयमा स्थायी नियुक्ती भई कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम गाउँपालिका तथा नगरपालिकामा समायोजन भएका र कानून बमोजिम सम्वत २०७७ असार मसान्त भित्र अवकाश प्राप्त कर्मचारीहरुको अवकाश प्राप्त भए पश्चात प्राप्त गर्ने उपदान, सञ्चित विदा तथा उपचार खर्च रकम भक्तानी सम्बन्धमा विवरणहरु अद्यावधिक गरी पठाउन निर्देशन दिएको हो ।


मन्त्रालयले देशका सबै जिल्ला समन्वय समितिहरुलाई ७ वटा बुँदा मार्पmत विवरणहरु अद्यावधिक गरी पठाउन भनेको छ । जसको बुँदा नं. १ मा कर्मचारी नोकरी सम्बन्धि स्थायी नियक्ती, वढुवा, सरुवा, रमाना, समायोजन, हाजिर भएको जानकारी, राजिनामा स्वीकृत भएको पत्र वा अनिवार्य अवकास भएको पत्र जस्ता कागजात संलग्न हुनु पर्ने जनाएको छ ।


त्यस्तै बँदा नं. २ देखि ७ सम्म क्रमस यसअघि कल्याण कोषवाट भुक्तानी प्राप्त भएको (भुक्तानी, पेश्की वा जुन सुकै तवरबाट भुक्तानी भएको) रकम पछि फरक नपर्ने गरी यकिन गरिएको विवरण, कर्मचारी कल्याण कोषमा हाल मौज्दात रहेको यकिन रकम (कोष तथा लेखा नियन्त्रक कार्यालयबाट प्रमाणित भएको हुनु पर्ने, कर्मचारी सेवामा रहदा कार्यालयबाट बुझिलिएको जिन्सी, नगदी तथा बेरुजु फछ्यौट तथा वरवुझारथ सम्बन्धी विवरण संलग्न गर्न भनेको छ ।


यस्तै परिपत्रको बुँदा नं. ५ मा २०५८ चैत्र १८ गते सम्म संचित रहेको तथा सो पछि पाकेको खुन्ने गरि संचित रहेको घरबिदा र बिरामी बिदाको प्रमाणित अभिलेख, उपरोक्त विवरण अनुसारको अभिलेखको आधारमा भुक्तानी पाउन बाँकी रहेको संचित विदा, औषधि उपचार खर्च तथा उपदान वापत भुक्तानी पाउन बाँकी एकिन रकम (सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयबाट प्रमाणित भए अनुसार) भुक्तानी दिन प्रत्येक कर्मचारीको लागि हुा छुट्टै फायल तयार गरी राय सहितको टिप्पणी र २०७७ असार मसान्त अवकाश प्राप्त गरेका कर्मचारीहरुको यकिन विवरण २०७७ भाद्र मसान्त भित्रमा पठाउनु पर्नेछ कुरा उल्लेख गरेको हुनुपर्ने शर्तहरु समेटेको छ ।


यस्तै प्राप्त विवरण अनुसारको एकमुष्ठ रकम एकिन गरी बजेट निकासाको लागि अर्थ मन्त्रालयमा पठाउनु पर्ने भएको हुँदा भुक्तानी दिन बाँकी भए सो को विवरण समयमै र भुक्तानी दिन बाँकी नभए सोही अनुसारको व्यहोरा उल्लेख गरि पठाउन विषयमा मन्त्रालयले परिपत्रमा उल्लेख गरेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts

Previous Post

युवा दिवसमा हुने भो रक्तदान र निबन्ध लेखन

Next Post

नेकपा माओवादी पुनर्गठन भएको घोषणा

Next Post
नेकपा माओवादी पुनर्गठन भएको घोषणा

नेकपा माओवादी पुनर्गठन भएको घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

सल्लाहकार               : शेरबहादुर तामाङ्ग
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...