Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सरकारले जारी गर्यो चाडपर्व सम्बन्धी नयाँ मापदण्ड, सबै क्षेत्रमा अनिवार्य लागु गर्न–गराउन कडाईका साथ निर्देशन

जनता भ्वाइस by जनता भ्वाइस
August 13, 2020
in समाचार
0
सरकारले जारी गर्यो चाडपर्व सम्बन्धी नयाँ मापदण्ड, सबै क्षेत्रमा अनिवार्य लागु गर्न–गराउन कडाईका साथ निर्देशन
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

साउन २५, काठमाडौं ।
नजिकिँदो चाडपर्वहरुलाई ध्यानमा राख्दै नेपाल सरकारले चाडपर्व मनाउने सम्बन्धी नयाँ रणनीति सार्वजनिक गरेको छ । गत २१ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको नयाँ रणनीति भित्र विभिन्न मापदण्ड र सीमारेखाहरु कोरिएका छन् । देशैभरका लागि कडाइका साथ जारी गरिएको सो मापदण्डमा आगामी दिनमा मनाइने पर्व तथा जात्राहरु प्रति लक्षित गरिएको छ ।
मन्त्रालयले जारी गरेको नयाँ रणनीति भित्र धार्मिक स्थलमा हुने हरेक भेला र कार्यक्रममा बढीमा २५ जनामात्रै भेला हुने व्यवस्था गर्ने बारे पुरानै नीतिलाई निरन्तरता दिएको छ भने हात मिलाउने, अंगालो मार्ने र एकअर्कालाई छोइछाई गर्ने बारे प्रतिबन्द लगाईएको छ । देवदेवीका मठ मन्दिरमा जाँदा मुर्ति तथा बार रेलिङहरुमा नछुने विषयलाई पनि मापदण्डमा उल्लेख गरिएको छ ।


अनुहारका आँखा, नाक र मुखमा विल्कुलै छुन नहुने तथा छुनै परे स्यानिटाइजर लगाएर अथवा साबुन पानीले मिचिमिची हात धोएर मात्र छुन भनिएको छ । जथाभावी रुपमा सार्वजनिक स्थलमा नथुक्न, हाच्छ्यूँ गर्दा, खोक्दा रुमाल वा टिस्यू पेपरले नाक मुख छोप्न भनिएको छ । आर्थिक लेनदेन गर्दा सकेसम्म विद्युतीय कारोबारलाई पहिलो प्राथमिकता दिन समेत मन्त्रालयले आग्रह गरेको छ ।
यस्ता व्यक्तिहरुलाई सामूहिक पर्वमा निषेध –

  • ज्वरो, खोकी तथा श्वासप्रश्वासको समस्या भएका व्यक्तिहरू,
  • ६० वर्षभन्दा बढी उमेरका व्यक्तिहरू, १२ वर्षमुनिका बालबालिकाहरू,
  • गर्भवती तथा सुत्केरी महिलाहरू,
  • रोग प्रतिरोधी क्षमता कम भएका व्यक्तिहरू,
  • मधुमेह, क्यान्सर, मुटुरोग, उच्च रक्तचाप, मिर्गौला र कलेजो सम्बन्धी समस्या भएका,
  • दमलगायत अन्य श्वासप्रश्वास सम्बन्धी दीर्घरोग भएका व्यक्तिहरू,
  • अंग प्रत्यारोपण गरेका व्यक्तिहरू,
  • शरीरमा मेडिकल उपकरणहरू राखेका व्यक्तिहरू,
  • हालसालै सर्जरी गरेका व्यक्तिहरू,
  • तत्काल (विगत १५ दिन भित्र) सबै प्रकारका रोगको उपचारबाट निको भएका व्यक्तिहरू

आदि व्यक्तिहरुलाई चाडपर्वका मनामा सर्वजनिक स्थलहरुमा भेलाहुन सरकारले पूर्ण रुपमा निषेध गरेको जनाएको छ ।
नजिकिँदो चाडपर्व र जात्राहरुका आयोजकहरुका लागि समेत मन्त्रालयले मापदण्ड तोकेको छ । नजिकिँदो महिलाहरुको विशेष पर्व हरितालिका तीज, दशैं तथा तिहार र छठ पर्वका लागि विभिन्न ठाउँमा विभिन्न आयोजकहरुले कार्यक्रम आयोजना गर्ने भएकोले पनि ती आयोजकहरुका लागि नयाँ मापदण्ड सार्वजिनक भएको हो । जसमा आयोजकहरुले निम्न मापदण्डहरु पालना गर्न मन्त्रालयले निर्देशन दिएको हो ।
मेला पर्व आयोजकले व्यवस्थापन गर्नु पर्ने मापदण्डहरु–

  • भीडभाड व्यवस्थापनका लागि पर्याप्त जनस्वास्थ्यका सुरक्षासहित तालिम प्राप्त कर्मचारी वा स्वयंसेवकहरूको व्यवस्था गर्ने,
  • हात धुन साबुन पानीको पर्याप्त व्यवस्था वा स्यानीटाइजरको उपलब्धता अनिवार्य मिलाउने,
  • कार्यक्रम स्थलको सरसफाई र हरेक दिन कम्तीमा दुई पटक निसंक्रमीकरण (डिस्इन्फेक्ट्) गर्ने,
  • धेरै सम्पर्कमा आउने सतहहरू (रेलिङ, बार आदि), देवीदेवताका मूर्तिहरू आदि समयसमयमा सफा गर्ने,
  • व्यक्तिहरू बीचको सम्पर्क कम गर्नका लागि कार्यक्रमको अवधि जतिसक्दो छोटो राख्ने

लगायतका मापदण्डहरुको निर्देशन जारी भएको हो ।


त्यस्तै,

  • कार्यक्रम स्थलमा जनस्वास्थ्यका मापदण्ड र कोभिड-१९ सम्बन्धी पोस्टर पम्पलेटहरू (एसएम लगायत) पर्याप्त र अनिवार्य रूपले टाँस्ने,
  • कार्यक्रमस्थलमा भौतिक दूरी कायम भए नभएको पालना गर्न संकेत चिन्हहरू बनाई सहभागीहरूलाई पालना गर्न लगाउने,
  • प्रवेशद्वारमा थर्मल थर्मोमिटरले तापक्रम जाँच गर्ने र १००.४ भन्दा बढी तापक्रम भएका व्यक्तिलाई कार्यक्रममा सहभागी नगराउने,
  • निजहरूलाई नजिकको स्वास्थ्य संस्थामा थप परामर्श र जाँचका लागि पठाउने, स्थानीय तहमा रहेका स्थानीय प्रशासन, स्वास्थ्य तथा अन्य सरोकारवाला निकायहरू सँग समन्वय गरी स्वास्थ्य र सुरक्षाको मापदण्ड पालना हुने गरी कार्यक्रमको उचित प्रबन्ध मिलाउने,
  • कार्यक्रम स्थलमा धुम्रपान, मद्यपान र सुर्तीजन्य पदर्थहरूको सेवन पुर्ण रूपले निषेधित गर्ने,
  • जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने र जथाभावी थुक्ने व्यक्तिलाई स्थानीय प्रशासनले संक्रमक रोग ऐन २०२० बमोजिम कारवाही गर्ने,
  • फोहोर फाल्नका लागि बिर्को (ढकनी) भएका फोहारदानीको पर्याप्त व्यवस्था मिलाउने र व्यवस्थापन गर्दा सावधानी अपनाई सुरक्षित तवरले बिसर्जन गर्ने,
  • सकेसम्म प्रसाद तथा टीका वितरण नगर्ने, गर्नै परेमा प्याकेजमा स्वस्थ व्यक्तिले पंजा र ग्लोभ्स लगाएर प्याक गर्ने व्यवस्था मिलाउने र २ मिटरको भौतिक दुरी कायम गरी वितरण गर्ने,
  • भीड कम गर्न स्थानीय प्रशासन र सरोकारवालाहरूसँग समन्वय गर्नसमेत मापदण्डमा उल्लेख छ ।-

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

२४ घण्टामा थपिए ३ सय ७८ संक्रमित, डिस्चार्ज भए ४ सय ९९

Next Post

सुनरपानीमा कुकुरको टोकाईबाट ३ महिला घाईते

Next Post
सुनरपानीमा कुकुरको टोकाईबाट ३ महिला घाईते

सुनरपानीमा कुकुरको टोकाईबाट ३ महिला घाईते

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.