Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

उत्कृष्ट आदिवासी जनजाती पत्रकारीता वर्ष पुरस्कार -२०७७ द्वारा घिसिङ सम्मानित

जनता भ्वाइस by जनता भ्वाइस
August 13, 2020
in राष्ट्रिय समाचार, समाचार
0
उत्कृष्ट आदिवासी जनजाती पत्रकारीता वर्ष  पुरस्कार -२०७७ द्वारा घिसिङ सम्मानित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

श्रेष्ठ द्वारा ५० हजारको पुरस्कार कोष घोषणा

साउन २७, रामेछाप ।

आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) रामेछापले उत्कृष्ट आदिवासी जनजाती पत्रकारीता वर्ष पुरस्कार -२०७७ वितरण गरेको छ । फोनिजले यो वर्षको उत्कृष्ट आदिवासी जनजाती पत्रकारीता वर्ष पुरस्कार -२०७७ द्वारा रामेछापका क्रियाशिल पत्रकार युनिक विफा घिसिङलाई सम्मानित गरेको हो । आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) को २१ औँ स्थापना दिवसको अवसर पारेर फोनिज रामेछापले सो कार्यक्रम गरेको हो ।

उत्कृष्ट आदिवासी जनजाती पत्रकारीता वर्ष पुरस्कार -२०७६ द्वारा रामेछापका अग्रज पत्रकार सुमित श्रेष्ठलाई सम्मान गरि सुरु गरेको सो पुरस्कारलाई निरन्तरता दिँदै फोनिज रामेछापले यो वर्ष घिसिङलाई सम्मान गरेको हो । उत्कृष्ट आदिवासी जनजाती पत्रकार पुरस्कारमा फोनिजले रू ५ हजार नगद र प्रमाणपत्र प्रदान गर्दै आएको छ ।

आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) का केन्द्रिय पार्षद समेत रहेका श्रेष्ठले यस वर्षको पुरस्कार राशी सहयोग गरेका थिए भने आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) रामेछापका लागि ५० हजारको पुरस्कार कोष स्थापना आफू स्वयम् ले गरिदिने समेत घोषणा गरेका छन् । सो रकमको व्याजले अर्को वर्ष देखि पुरस्कार वितरण गर्न सहज हुने उनको भनाई थियो ।

पत्रकारहरूले खोज पत्रकारिता गरि जिल्लाको समग्र विकासमा योगदान दिन   विशेष अतिथि तथा रामेछाप नगरपालिकाका उप-प्रमुख सृजना खड्काले  सुझाव दिएकी थिईन् ।

आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) रामेछापले प्रदेश भरिमै उत्कृष्ट कार्य गरेको  आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) का बागमति प्रदेश उपाध्यक्षले जिकिर गरे ।

यता प्रमुख अतिथि तथा रामेछाप नगरपालिकाका प्रमुख नरबहादुर थापाले बैधानिक बाटोबाट आउने सम्पुर्ण पत्रकारका छाता संगठनहरूलाई नगरपालिकाले उचित सम्बोधन गर्ने बताएका थिए ।

बिहान ८ बजे सुरु गरिएको कार्यक्रम जिल्ला प्रशासनको मास्क वितरण कार्यक्रमको भिडभाडका कारण निर्धारित समय सिमा भन्दा ढिला सुरु भएको थियो ।

उत्कृष्ट आदिवासी जनजाती पत्रकारीता वर्षपुरस्कार -२०७७ तथा चियापान कार्यक्रमको अध्यक्षता आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) रामेछापका अध्यक्ष नवराज श्रेष्ठले गरेका थिए ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

गाउँपालिकाभित्र संचालित सबै शैक्षिक क्रियाकलाप रोक्न निर्देशन, अब के होला त बालबालिकाहरुको भविष्य ?

Next Post

पूर्वमेयर गिरीको कोरोना संक्रमणबाट मृत्यु

Next Post

पूर्वमेयर गिरीको कोरोना संक्रमणबाट मृत्यु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.