Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मन्त्री हेरफेर चर्चामा नेकपा, बोलायो सचिवालय बैठक

जनता भ्वाइस by जनता भ्वाइस
August 16, 2020
in समाचार
0
मन्त्री हेरफेर चर्चामा नेकपा, बोलायो सचिवालय बैठक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

साउन ३२, काठमाडौं ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक भोलि बस्‍ने भएको छ । भोलि बिहान साढे ९ बजे सचिवालय बैठक बोलाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।

  करिब ६ महिना लामो विवाद टुंग्याउने गरी अध्यक्ष दाहालसँग सहमति नजिक पुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् सदस्य हेरफेर गर्ने तयारी थालेको बताइएको छ। 

सरकार र पार्टीलाई नयाँ गति दिने गरी संघीयदेखि प्रदेशसम्मका सरकारमा हेरफेर गर्ने पूर्वतयारी थालिएको छ। संघीय मन्त्रिपरिषद्‍मा कार्यक्षमतामा पछाडि परेका मन्त्रीहरुलाई बिदा गरेर यसअघि सफल नेताहरुलाई मन्त्रिपरिषद्‍मा अवसर दिने गरी छलफल अघि बढेको स्रोतले जनाएको छ। 

यसअघि नेकपाको बिवाद समाधानका लागि अध्यक्षद्वयले कार्यदल गठन गरेपछि शीर्ष नेताहरुले सचिवालय वा स्थायी कमिटी बैठकबाट कार्यदललाई आधिकारिकता दिनुपर्ने बताएका थिए।  हिजो बिहान प्रचण्ड निवास खुमलटार पुगेका वरिष्ठ नेता झलनाथ खनाल, माधबकुमार नेपाल र प्रवक्ता श्रेष्ठले दुई अध्यक्षले गठन गरेको कार्यदल आफूहरुलाई मान्य नभएको बताएका थिए । 

त्यसपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड सचिबालय बैठक बोलाउन तयार भएको बुझिएको छ। भोलि बस्‍ने बैठकले कार्यदललाई आधिकारिकता प्रदान गरेर स्पष्ट कार्यादेश दिने नेताहरुले जनाएका छन्।  यसअघि हिजो कार्यदलका संयोजक बिष्णु पौडेलको निवास भैँसेपाटीमा कार्यदलको पहिलो औपचारिक बैठक बसेको थियो।

तर त्यस बैठकले सदस्यहरुको आचारसंहिता बनाउनेबाहेक अन्य कुनै निर्णय गरेको थिएन। थाहा खबरले लेखेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

फिफाको महिला वरीयतामा नेपाल ९९ औँ स्थानमा

Next Post

होम आइसोलेशनको त्रासमा जिमालीका कर्मचारी, कार्यालयमा आएर काम गर्न असहज मान्दै

Next Post
होम आइसोलेशनको त्रासमा जिमालीका कर्मचारी, कार्यालयमा आएर काम गर्न असहज मान्दै

होम आइसोलेशनको त्रासमा जिमालीका कर्मचारी, कार्यालयमा आएर काम गर्न असहज मान्दै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.