Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

होम आइसोलेशनको त्रासमा जिमालीका कर्मचारी, कार्यालयमा आएर काम गर्न असहज मान्दै

Kumar Shrestha by Kumar Shrestha
August 16, 2020
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
होम आइसोलेशनको त्रासमा जिमालीका कर्मचारी, कार्यालयमा आएर काम गर्न असहज मान्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


साउन ३२ । जनता भ्वाइस संवाददाता, रामेछाप
जिल्ला आयोजना कार्यान्वयन इकाई, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका कर्मचारीहरु आफ्नो कार्यस्थलमा नियमित कार्यस्थलमा कार्य सम्पादन गर्न त्रसित भएका छन् ।


आफूहरुको कार्यालय रहेको घरमा नै होम आइसोलेशनमा कोरोना संक्रमित बिरामी रहेका कारण आफूहरुलाई नियमित रुपमा कार्यसंचालनमा असहज भएको उनीहरुले बताएको सो कार्यालयका कार्यालय प्रमुख गणेश अर्यालले बताएका छन् ।

जनता भ्वाइससँग कुराकानी गर्दै सो कार्यालयका प्रमुख अर्यालले आफ्ना कर्मचारीहरुले कार्यालयमा आएर काम गर्न असहज मानेको बताएका हुन् ।

‘हाम्रा कर्मचारी र संक्रमितले प्रयोग गर्ने फ्ल्याट तथा ट्वाइलेट बाथरुम सबै अलग अलग छ । सिधा हेर्ने हो भने त हामीलाई संक्रमितको कारणले कुनै असर पर्ने त होइन । तर पनि कर्मचारीहरुले सो कुरालाई सहज लिन सकेका छैनन् । कोरोनाको सम्भावित संक्रमित हुनुभन्दा बरु जागिर नै किन खाने भन्ने सोच कर्मचारीहरुमा रहेको छ ।

यो उहाँहरुको मनोबैज्ञानिक त्रास हो । यस्तो अवस्थामा पनि हामीले अत्यावश्क काम भन्दा बाहेक कार्यालय संचालन गर्न सकेका छैनौं ।’
‘ज्यान कि जागिर’ भन्ने सोचमा कर्मचारीहरु रहेको अर्याल बताउँछन् । टाढाटाढा गुम्देलदेखि आउने सेवाग्राहीहरुलाई सेवा प्रवाह गर्नकै लागि भएपनि कार्यालयमा केही कर्मचारीहरुलाई राखेर भएपनि आकस्मिक कार्य सम्पादन गरिरहेको उनले बताएका छन् ।


‘के त्यसोभए कार्यालयको नियमित कार्यसम्पाद नै बन्द गर्नुपर्ने अवस्था आएको हो ?’ भन्ने जनता भ्वाइसको जिज्ञासामा अर्याल भन्छन्, ‘त्यसो होइन । कार्यालयको काम थोरै जनशक्तिको परिचालन गरेर आकस्मिक रुपमा चलेको छ । कार्यालय नै बन्द गर्न त जिल्ला प्रशासन कार्यालयको निर्देशन आउनु पर्छ । कार्यालय नै बन्द गर्ने कुरा त हुँदैन ।’


अत्यावश्यक कामका लागि मात्रै कार्यालय संचालन गरिने तथा म्याद भित्र गरिसक्नु पर्ने कामहरु मात्रै आफूहरुले सम्पादन गरेर पठाउने गरेको अर्याल बताउँछन् ।


‘यस्तो अप्ठ्यारो अवस्थामा कार्यालयमा आएरै काम गर्न भनेर मैले कर्मचारीहरुलाई भन्न सक्दिन । मानवीय अवस्थालाई पनि त हेर्नुपर्यो ।’ अर्याल अगाडि भन्छन् ।


अर्याल कोरोनाका कारण विश्व नै थलिएको अवस्थामा हामीले पनि त्यसको मार भोग्नुपर्ने कुरामा आफूहरु प्रष्ट रहेको बताउँछन् । अब पछिल्लो समयमा ‘वर्क फर होम’ भन्ने अवधारणा आपूmहरुले अपनाइरको उनले बताएका छन् ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts

Previous Post

मन्त्री हेरफेर चर्चामा नेकपा, बोलायो सचिवालय बैठक

Next Post

दोरम्बा हत्याकाण्ड र पीडितका भत्किएका सपनाहरु, जुन यादहरु मुटुका किला बनिरहेका छन्

Next Post
दोरम्बा हत्याकाण्ड र पीडितका भत्किएका सपनाहरु, जुन यादहरु मुटुका किला बनिरहेका छन्

दोरम्बा हत्याकाण्ड र पीडितका भत्किएका सपनाहरु, जुन यादहरु मुटुका किला बनिरहेका छन्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.