Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

श्रावण महिनामा १३ लाख ९५ हजार भन्दा बढी राजस्व संकलन

जनता भ्वाइस by जनता भ्वाइस
August 16, 2020
in समाचार
0
श्रावण महिनामा १३ लाख ९५ हजार भन्दा बढी राजस्व संकलन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सम्झना श्रेष्ठ, श्रावण ३२ सिन्धुलीमाढि ।

सिन्धुलीमा यस श्रावण महिनामा १३ लाख ९५ हजार भन्दा बढी राजस्व संकलन भएको छ । ट्राफिक नियमन तथा व्यवस्थापनबाट यस महिनामा १३ लाख ९५ हजार ५ सय रुपैयाँ राजस्व संकल भएको सिन्धुली ट्राफिक प्रमुख कृष्ण बहादुर क्षत्रीले बताउनुभयो । कार्यालय स्थापना भएदेखि कै सबैभन्दा बढी राजस्व संकलन भएको ट्राफिक प्रमुख क्षत्रीको दावी छ ।

ट्राफिक प्रहरीले सवारी पास बिना चलेका गाडि, बढी भाडा लिएका, निजि गाडी भाडामा प्रयोग गर्ने, सिट क्षमता भन्दा बढी यात्रु ओसार–पसार गर्ने, मादक पदार्थ सेवन गरि सवारी चलाउने तथा हेल्मेट नलगाई सवारी चलाउने गरि एक हजार छ सय जनालाई कारवाही गर्दा उक्त परिणाममा राजस्व संकलन भएको हो ।


कारवाहिमा पर्नेहरुमा निजि गाडी भाडामा प्रयोग गर्ने प्रयोजन गर्ने माइक्रो बस, अटो तथा जिप र कार गरि २९५ वटा छन् । जसबाट २९८५०० राजस्व संकलन भएको जनाइएको छ ।

यस्तै सिट क्षमता भन्दा बढी यात्रु ओसार पसार गर्ने बस २८ वटा, जिप तथा कार १२४ वटा, ट्रक ९ वटा, अटो ३९ वटा गरि २०० वटा सवारीलाई कारवाहि गर्दा २ लाख ७३ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रमुख क्षत्रीको भनाई छ ।

यसैगरि विना सवारी पास तथा अनुमति वेगर संचालन भएका मिनि–ट्रक ६५ वटा, बस तथा माइक्रोबस ४० वटा र जिप, कार तथा भ्यान १९० तथा अटो १० वटा गरि ३०५ वटा सवारी कारवाहि गर्दा २७२५०० रुपैयाँ राजस्व संकलन भएको पाइएको छ ।

यसैगरि बढी भाडा लिएका सवारीबाट तोकेको भन्दा बढी रकम फिर्ता गराई कारवाहि गरिएको सवारी संख्या ७ रहेको छ । यसमा बस तथा माइक्रो बस २ वटा र जिप तथा कार ५ वटा छन् । जसबाट १४ हजार राजस्व संकलन भएको ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको तथ्यांकले देखाएको छ ।


यस श्रावण महिनामा ट्राफिक नियम उलंघन गर्ने जस्तैः मादक पदार्थ सेवन गरि सवारी चलाउने, लाइसेन्स विना सवारी चलाउने, हेल्मेट नलगाउने, ओभरटेक गर्नेहरु ७९३ जना कारवाहिमा परेका छन् । उनीहरुबाट ६ लाख ३६ हजार राजस्व संकलन भएको ट्राफिक प्रहरी प्रमुख क्षत्रीले बताउनुभयो ।

जिल्ला ट्राफिक कार्यालय वि.सं २०६३ साल माघ २८ गते स्थापना भएको थियो । अहिलेसम्म २१ जनाले सिन्धुलीको ट्राफिक व्यवस्थापन सम्हालिसकेका छन् । गत ०७६ साल माघ १० गतेदेखि सिन्धुलीको ट्राफिक व्यवस्थापन क्षत्रीले सम्हाल्दै आउनुभएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

अन्ततः अर्थ मन्त्रालयले थप्यो अन्तःशुल्क इजाजत पत्र नवीकरणको म्याद

Next Post

सिन्धुलीमा ५० शैयाको आइसोलेशन कक्ष निर्माण हुने

Next Post
सिन्धुलीमा ५० शैयाको आइसोलेशन कक्ष निर्माण हुने

सिन्धुलीमा ५० शैयाको आइसोलेशन कक्ष निर्माण हुने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.