सम्झना श्रेष्ठ, श्रावण ३२ सिन्धुलीमाढि ।
सिन्धुलीमा ५० शैयाको आइसोलेशन कक्ष निर्माण हुने भएको छ । आज बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेका हो । यसअघि नै प्रदेशको सामाजिक विकास मन्त्रालयले सिन्धुली अस्पताललाई तत्काल ५० शैयाको आइशोलेसन कक्ष निर्माण गर्न निर्देशन दिइसकेको थियो ।
जसअनुसार अहिले क्वारेन्टाइनको रुपमा प्रयोग भैरहेका भु संरक्षण कार्यालयको पछाडि पट्टि रहेको खाली जग्गामा आइसोलेशन कक्ष निर्माण गर्न प्राविधिक सल्लाह लिने र सम्भावित लागतको लागि सामाजिक विकास मन्त्रालय वाग्मति प्रदेशलाई आग्रह गर्ने निर्णय भएको प्रशासन कार्यालयका सुचना अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।
आइशोलेसन कक्ष निर्माणको जिम्मा रेडक्रस सोसाइटि सिन्धुलीका सभापति अशोक श्रेष्ठको संयोजकत्वमा निर्माण समित गठन गरिने छ । यस्तै क्वारेन्टाइन र आइशोलेसनमा बसेकाहरुको खाना तथा खाजा खर्च स्थानिय तहले वेहोर्ने निर्णय भएको बताइएको छ ।
यसैगरि विद्यालय भवन क्वारेन्टाइनको रुपमा प्रयो नगर्न नगराउन नेपाल सरकारको आदेशसँगै स्थानिय तहले विद्यालय भवन बाहेक अन्य भवनमा व्यवस्थापन गर्नुपर्ने छ । यसैगरि जिल्लामा कोरोना संक्रमितको मृत्यु भएमा सव व्यवस्थापन गर्न कमलामाई नगरपालिका –९ को चुरे र कार्की खोला विचको स्थानलाई प्रयोग गर्ने सहमति भएको जनाइएको छ ।