Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कार्यदल अनुमोदन गर्न सचिवालय बैठक एक महिनापछि

जनता भ्वाइस by जनता भ्वाइस
August 17, 2020
in समाचार
0
कार्यदल अनुमोदन गर्न सचिवालय बैठक एक महिनापछि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भदौ १, काठमाण्डौ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक एक महिनापछि आज बालुवाटारमा १० बजे सुरू भएको नेकपा स्रोतले जनाएको छ। 

पार्टीभित्रको विवाद समाधानका लागि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले गठन गरेको कार्यदल अनुमोदन गर्न सचिवालय बैठक बोलाइएको हो। 

प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सोमबार बिहान ट्विट गर्दै साउन ४ देखि हुन नसकेको पार्टी सचिवालयको बैठक आज ९: ३० बजे बालुवाटारमा हुने तय भएको जानकारी दिएका छन्।

साउन ४ गतेदेखि हुन नसकेकाे पार्टी सचिवालयकाे बैठक आज ९:३० बजे बालुवाटारमा हुने तय भएकाे छ ।

— Surya Thapa (@ThapajiSurya) August 17, 2020

नेकपाभित्रको विवाद समाधान गर्न भन्दै महासचिव विष्णु पौडेलको संयोजकत्वमा गत शुक्रबार ६ सदस्यीय कार्यदल गठन गरिएको थियो।

पार्टी कमिटीमा छलफलनै नगरी कार्यदल बनाइएको भन्दै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठलगायतले असन्तुष्टि जनाएपछि सचिवालयकाे बैठक बोलाइएको हो।

यसअघि ३ साउनमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले मंसिरमै महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए। त्यसप्रति पार्टीका शीर्ष नेताहरुले असन्तुष्टि जनाउँदै आएका छन्।

आजको सचिवालय बैठकले अध्यक्षद्वयले गठन गरेको कार्यदललाई अनुमोदन गर्ने नेकपा स्रोतले जनाएको छ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कर्णाली प्रदेशका तीन जिल्लामा निषेधाज्ञा जारी

Next Post

सिन्धुली अस्पतालले डाक्टर न्यौपानेलाई दियो स्त्री तथा प्रसूति विभागको जिम्मेवारी, आफूमा थप दायित्व थपिएको उनको भनाई

Next Post
सिन्धुली अस्पतालले डाक्टर न्यौपानेलाई दियो स्त्री तथा प्रसूति विभागको जिम्मेवारी, आफूमा थप दायित्व थपिएको उनको भनाई

सिन्धुली अस्पतालले डाक्टर न्यौपानेलाई दियो स्त्री तथा प्रसूति विभागको जिम्मेवारी, आफूमा थप दायित्व थपिएको उनको भनाई

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.