Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सिन्धुली अस्पतालले डाक्टर न्यौपानेलाई दियो स्त्री तथा प्रसूति विभागको जिम्मेवारी, आफूमा थप दायित्व थपिएको उनको भनाई

जनता भ्वाइस by जनता भ्वाइस
August 18, 2020
in जनता स्पेसल
0
सिन्धुली अस्पतालले डाक्टर न्यौपानेलाई दियो स्त्री तथा प्रसूति विभागको जिम्मेवारी, आफूमा थप दायित्व थपिएको उनको भनाई
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

भदौ १ । जनता भ्वाइस संवाददाता, रामेछाप
सिन्धुली अस्पतालले डाक्टर राजन न्यौपानेलाई स्त्री तथा प्रसूति विभागको प्रमुखको रुपमा नियुक्त गरेको छ ।


विगत १ वर्षदेखि सिन्धुली अस्पतालमा स्त्री तथा प्रसूति रोग सम्बन्धी सेवा प्रवाह गर्दैै आएका डा. न्यौपानेको हालसम्मको कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै उनलाई सो जिम्मेवारी दिइएको सिन्धुली अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर लक्ष्मण खड्काले बताएका छन् ।

‘डाक्टर न्यौपानेको हालसम्मको सेवा प्रवाहमा भएका राम्रा कामहरु केके हुन् ?’ भन्ने जनता भ्वाइसको जिज्ञासामा डा. खड्का भन्छन्, ‘पहिलो कुरा त डाक्टर न्यौपानेलाई वरिष्ठताकै बरियातामा यो जिम्मोवरी दिइएको हो । साथै उहाँको कार्यानुभमा कुनै कमी छैन । अनुभवले उहाँ खारिनु भएको छ । त्यो सँगै उहाँको कामप्रतिको लगन र कडा परिश्रमलाई अस्पतालले मूल्याङ्कन गर्दै यो जिम्मेवारी दिइएको हो ।’


आगमी दिनमा डाक्टर न्यौपानेबाट अझ सशक्त क्रियाशीलता तथा अस्पतालप्रतिको जिम्मेवारीका यस्तै कार्यको अपेक्षा गरेको डा. खड्का बताउँछन् ।


हप्तामा २ दिन आइत र मंगलबार नियमित रुपमा सेवा प्रवाह गर्दै आएका डा. न्यौपानेको सो अस्पतालसँगको करार गत असार मसान्तमा नै सकिएको थियो । उनको कामको मूल्याङ्कन गर्दै अस्पतालले पुनः साउन १५ गते निम्न व्यहोराको विभागीय प्रमुखको जिम्मेवारी तोकिएको थियो :

‘प्रस्तुत विषयमा तपाईलाई अर्को व्यवस्था नभएसम्म यस अस्पतालको स्त्री तथा प्रसुती रोग विभागको विभागीय प्रमुखको रुपमा तोकिएको छ । आफ्नो जिम्मेवारी ईमान्दारी पूर्वक निभाई अस्पताल र सेवाग्राहीको हकहितमा कामकाज गर्नु हुनेछ भन्ने आशा लिएको छु । साथै तपाई हालसम्म यस अस्पतालमा उपलब्ध गराउनु भएको सेवाको उच्च मूल्यांकन गर्दै आगामी दिनमा समेत अस्पतलमा नयाँ सेवा विस्तार तथा अस्पतालको हकहितका लागि तपाईबाट थप पहल कदमीको आशा गर्दै यस अस्पतालमा तपाईको कार्यकाल सफल रहोस भन्ने शुभकामना व्यक्त गर्दछु ।’ निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर लक्ष्मण खड्काद्वारा हस्तक्षरित पत्रमा भनिएको छ ।


सिन्धुलीको खुर्कोटमा रहेको शुभजीवन हस्पिटलका संचालक समेत रहेका डा. न्यौपानेलाई सिन्धुली जिल्ला अस्पतालको स्त्री तथा प्रसूति विभागको विभागीय प्रमुखको जिम्मेवारी सुम्पिए सँगै हामीले उनीसँग छोटो कुराकानी गरेका छौं । प्रस्तुत छ, डा. न्यौपानेसँग गरिएको कुराकानीको सम्पादित अंश :
सवाल : सिन्धुली अस्पतालमा स्त्री तथा प्रसूति विभागको विभागीय प्रमुखको जिम्मेवारी थपिएपछि आफूमा कस्तो अनुभव भएको छ ?
जवाफ : भित्र कतै खुशीको अनुभव त भइहाल्छ, सिन्धुली जिल्ला अस्पतालले मेरो कार्यसम्पादनको मूल्याङ्कन गर्दै नयाँ जिम्मेवारी सुम्पिएको छ । हिजो आफू आफ्नो काममा मात्रै जिम्मेवार भए पुग्थ्यो तर अबका दिनमा अस्पतालका विभागीय हरेक निर्णयहरु आफैंले सोचसमझका साथ गर्नुपर्ने जिम्मेवारी थपिएको छ । आफू मातहतका अन्य कर्मचारीहरुको हितका लागि पनि सोच्नुपर्ने जिम्मेवारी आउँदा आफूमा थप दायित्व आएको त महसुस भएकै छ । तर पनि आफूले हिजो नै गरेको काम, जो आफूलाई खासै नयाँ नहुने भएको तथा विभागीय प्रमुखको जिम्मेवारी नै दिएको अवस्थामा अस्पताल र सेवाग्राहीप्रति अझै थप अभिभावकीय जिम्मेवारी आएको हो भन्ने लागेको छ ।


सवाल : के सिन्धुली जिल्ला अस्पतालमा आवश्यक सबै स्वास्थ्य पूर्वाधार हरु छन् त ?
जवाफ : त्यो त हुन सकेको छैन । काम गर्ने सिलसिलामा अझै पनि आवश्यक ‘इक्विप्मेन्ट’ नभएर समस्या पर्ने गरेको छ नै । तर पनि उपलब्ध सामग्रीहरुको उच्चतम सदुपयोग गरेर भएपनि हामीले अस्पतालमा प्रभावकारी सेवा प्रवाह गर्नका लागि लागिपरेका छौं । आशा छ, अस्पताल व्यवस्थापन तथा नेपाल सरकारले सिन्धुली अस्पताललाई आवश्यक सम्पूर्ण पूर्वाधार सहित् सबल बनाउन तर्फ सोचोस् । मैले मेरो तर्फबाट बगाउनु पर्ने पसिनामा कुनै प्रश्न उठ्न दिनेछैन ।


सवाल : आफू स्त्री तथा प्रसूति विभागको विभागीय प्रमुख भएपछि सिन्धुली अस्पताललाई आवश्यक पूर्वाधारमा सबल बनाउन कस्तो भूमिका खेल्नुहुन्छ ?
जवाफ : मेरो कोसिस त भरपुर रहने नै छ । सिन्धुली अस्पताललाई आवश्कय पूर्वाधारमा सबल बनाउन मैले कुनै कसर बाँकी राख्ने छैन । मलाई आशा एवम् विश्वास छ, अस्पताल व्यवस्थापन समिति र नेपाल सरकारले मैले मेरो कामका लागि आवश्यक सामग्रीको माग गर्दा त्यसको व्यवस्थापनमा सहयोग गर्नेछ ।


सवाल : खुर्कोटमा शुभजीवन हस्पिटल पनि संचालन गरिरहनु भएको छ । सिन्धुली अस्पताल र शुभजीवन हस्पिटल दुवैको जिम्मोवरी एकैसाथ निर्वाह गर्न समस्या हुँदैन ।
जवाफ : विल्कुलै हुँदैन । पहिलो कुरा मैले सिन्धुली अस्पतालमा एउटा विभागको जिम्मेवारी पाएको हूँ । त्यो जिम्मेवारीलाई सरकारी मापदण्ड तथा अनुशासनको परिधिभित्र रहेर पुरा गर्ने हो । यस्ता जिम्मेवारी हिजो नेपालका विभिन्न दुर्गम स्थानहरुमा गएर मैले पुरा गरिसकेको छु । त्यो भन्दा बाहेक मैले सो अस्पतालमा अस्पताल व्यवस्थापनले दिएको जिम्मेवारीलाई पूरा गर्न तर्फ लाग्नु पर्ने दायित्व हुन्छ ।
यता शुभजीवन मेरो सेवा भित्रको लगानी पनि हो । मैले मेरो लागनीलाई कसरी उँभो लागाउने त्यो मेरो प्लान भित्र पर्छ । मैले विगतका दिनमा पनि शुभजीवन हस्पिटलमा दक्ष र अनुभवी डाक्टरसाब्हरुलाई नियुक्ति गरेको छु । शुभजीवनमा मैले काम गर्ने भन्दा पनि त्यसको व्यवस्थापनको पाटोलाई विशेष हेरिरहेको हुन्छु । तसर्थ सिन्धुली अस्पताल र शुभजीवन हस्पिटलको दुवै ‘वर्क प्रेशर’ म थेग्न सजिलै सक्छु ।


डाक्टर न्यौपानेले सन् १९९९ मा नै Alma ata काजकिस्तान बाट एमबिबिएस् र Obs & Gyane रसियाबाट स्त्री तथा प्रसूति रोगमा एमडी अध्ययन गरेका डा. न्यौपाने नेपाल मेडिकल काउन्सिलका ३५३३ नम्बरका सर्टिफाइट् स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कार्यदल अनुमोदन गर्न सचिवालय बैठक एक महिनापछि

Next Post

नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) को सचिवालय बैठक सम्पन्न

Next Post
नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) को  सचिवालय बैठक सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) को सचिवालय बैठक सम्पन्न

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...