Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

२ व्यापारीलाई तीस हजार जरिवाना, बजारबाट म्याद नाघेका वस्तुहरु बरामद

जनता भ्वाइस by जनता भ्वाइस
September 7, 2020
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
२ व्यापारीलाई तीस हजार जरिवाना, बजारबाट म्याद नाघेका वस्तुहरु बरामद
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

भदौ ०३ । जनता भ्वाइस संवाददाता, रामेछाप

जिल्ला प्रशासन कार्यालय, रामेछाप सहितको टोलीले हिजो जस्तै आज बुधकार पनि बजार अनुगमन गरेको छ ।


घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी कार्यालय, कृषि ज्ञान केन्द्र, उपभोक्ता हित संरक्षण मञ्च लगायत पत्रकार सहित्को टोलीले विभिन्न २६ वटा पसलहरुमा अनुगमन गर्दा विभिन्न वस्तुहरुको बरामद गरेको छ ।

टोलीले मन्थली बजारका विभिन्न १७ वटा किराना र खाद्यान्न तथा सप्लायर्स, बेकरी र डेरी १–१ वटा, होटल २ वटा र तरकारी तथा फलफूल पसल १ वटा गरी २६ वटा पसलहरुमा अनुगमन गरेको हो ।

टोलीले गरेको अनुगमनका क्रममा अनमिका स्टोर्स, मन्थलीले म्याद नाघेको र सडेगलेको तथा लेबल नखुलेको विभिन्न खाद्यान्न बिक्री गरिरहेको पाईएकोले उक्त स्टोर्सलाई बीस हजार रुपैयाँ र गणेश टायर सेन्टर, मन्थलीले अनुगमन टोलीलाई खरिद तथा बिक्री बिल बिजक माग गरेको बखत उपलब्ध नगराएकोले कारण दश हजार रुपैयाँ जरिवाना गरेको छ ।

विभिन्न कारणले दर्ता नगरी संचालन गरेको एउटा तरकारी पसललाई ७ दिन भित्र घरेलु तथा साना उद्योग कार्यालयमा आई दर्ता गरी संचालन गर्न निर्देशन दिइएको छ भने कोरोना भाइरस (कोभिड १९) का कारण आफ्ना ग्राहकहरुको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखी महामारीको समयमा उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रले अपनाउनु पर्ने सुरक्षा मापदण्डको बारेमा व्यवसायीहरूलाई सचेत समेत गराईएको छ ।

बजार अनुगमनको अवस्थालाई मध्येनजर गर्दै अनुगमन टोलीले हालका लागि बजारमा खाद्यान्नको अभाव नभएको निश्कर्ष निकालेको छ ।

अनुगमन टोलीले बजार अनुगमन गर्दा बरामद गरेका समाग्री र पसलहरको नामावली

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

महिलालाई यौन दुव्र्यवहारको आरोपमा सिन्धुलीमा जनप्रतिनिधि पक्राउ

Next Post

आज ६८१ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौंमा मात्रै १५९ जना

Next Post
काभ्रेमा दुई युवामा पनि देखियो कोरोना संक्रमण

आज ६८१ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौंमा मात्रै १५९ जना

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...