Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नगरपालिकाले वडा कार्यालय खोल्न सूचना जारी गरेपनि मन्थली १२ बन्द रहने

जनता भ्वाइस by जनता भ्वाइस
September 7, 2020
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
नगरपालिकाले वडा कार्यालय खोल्न सूचना जारी गरेपनि मन्थली १२ बन्द रहने
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

भदौ ०३ । जनता भ्वाइस संवाददाता, रामेछाप
मन्थली नगरपालिकाले आफ्नो एकजना कर्मचारी कोरोना संक्रमित भएर नगरपालिका बन्द भएको अवस्थासँगै आफ्ना वडा कार्यालयहरु पनि बन्द रहने सूचना जारी गरेको थियो । गत साउन ३० गते नगरपालिकाका स्वास्थ्य शाखाका एकजना कर्मचारीमा कोरोना संक्रमण पोजेटिभ देखिए उक्त कार्यालय सिल गरिएको छ ।


नगरपालिकाले गत भदौ २ गते अर्को सूचना निकाल्दै बन्द रहेका वडा कार्यालयहरुमा नियमित कार्यसंचालन गराउन सूचना जारी गरेपनि आज फेरि मन्थली १२ नं. वडाले एक सूचना निकाली अर्को सूचना नभएसम्म आफ्नो वडा कार्यालय बन्द रहने बताएको हो ।


वडाध्यक्ष कृष्णहरि अधिकारीद्वारा हस्ताक्षरित सूचना अनुसार आगामी भदौ ४ गतेबाट अर्को सूचना नभए सम्मको लागि वडा कार्यालय बन्द रहने जनाएको हो ।


यसै सन्दर्भमा सो वडाका वडाध्यक्ष अधिकारीलाई ‘नगरपालिकाले कार्यसंचालन गर्न निर्देशन गरेपनि किन वडा कार्यालय बन्द गर्ने सूचना निकाल्नुभयो ?’ भन्ने जनता भ्वाइसकाे जिज्ञासामा अध्यक्ष अधिकारीले भने,
‘नगरपालिकाले वडा कार्यालय संचालन गर्न निर्देशन त दिएको थियो । तर महिलाहरुको महान पर्व हरितालिका तीजको कारणले २ दिनको लागि मात्रै बन्द गरिएको हो । तीजपछि लगत्तै वडाको कार्य संचालन पूर्ववत् हुनेछ ।’


तर सूचनामा भने अर्को सूचना जारी नभएसम्म भनिएकोले समय किटान नगरिँदा स्थानीयबासीमा कहिले वडा कार्यालय खुल्ने हो ? भन्ने अन्यौल देखिएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

दर्ता भयो नेकपा एमाले

Next Post

“म दवावमा काम गर्दिन सबैलाई थाहा छ” :- कमल थापा

Next Post
“म दवावमा काम गर्दिन सबैलाई थाहा छ” :- कमल थापा

“म दवावमा काम गर्दिन सबैलाई थाहा छ” :- कमल थापा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.