Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सिन्धुलीमा एक वर्षमा ३५ वटा दुर्घटना ३६ को मृत्यु, ७७ जना घाइते

जनता भ्वाइस by जनता भ्वाइस
August 21, 2020
in समाचार
0
सिन्धुलीमा एक वर्षमा ३५ वटा दुर्घटना ३६ को मृत्यु, ७७ जना घाइते
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

सम्झना श्रेष्ठ, भदौ ४ सिन्धुली । सिन्धुलीमा गत वर्ष सवारी दुर्घटनामा परि ३६ जनाले ज्यान गुमाएका छन् । गत आर्थिक वर्ष २०७६÷०७७ मा ३५ वटा सवारी दुर्घटना हुँदा ३६ जनाको ज्यान गएको छ भने ७७ जना घाइते भएको जिल्ला सिन्धुली प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक श्याम बहादुर खत्रीले बताउनुभयो ।

जसमा २३ जना महिला, ४७ जना पुरुष, ३ वालिका र २ वालक गरि ७७ जना घाइते भएका हुन् । यस्तै ३६ जनाको मृत्यु भएकाहरुमा ९ जना महिला र २७ जना पुरुष छन् । यस्तै अघिल्लो आर्थिक वर्ष २०७५÷०७६ मा ३८ वटा दुर्घटनामा ८१ जना घाइते हुँदा ४६ जनाको ज्यान गएको थियो ।

यसैगरि अािर्थक वर्ष २०७४÷०७५ मा ४० वटा सवारी दुर्घटनामा परि ७९ जना घाइते भएका थिए भने ४२ जनाको मृत्यु भएको थियो । विगत तिन वर्षको तथ्यांकलाई हेर्ने हो भने आर्थिक वर्ष २०७६÷०७७ मा सवारी दुर्घटनामा केहि कमी आएको पाइएको छ ।

उसो आर्थिक वर्ष २०७६÷०७७ को चैत्र दोस्रो साताबाट देशभर झण्डै चार महिना लामो लकडाउन घोषणा गरिएको थियो । उक्त अवधिमा सवारी धेरै आवातजावत गर्न रोक लगाइएको थियो । लकडाउन पनि सवारी दुर्घटनामा कमि ल्याउने एउटा कारक बन्न सकेको बुझिएको छ । सिन्धुली जिल्ला अन्तर्गत वि पि राजमार्ग, मध्यपहाही तथा मदनभण्डारी राजमार्ग छन् ।

बनेपा बर्दिवास सडक खण्ड अन्तर्गत सिन्धुलीका धेरै स्थान दुर्घटना हुने क्षेत्र हुन् । खासगरि घुमाउरो बाटो को कारण पनि दुर्घटना हुने गरेको सवारी चालकहरु नै बताउँछन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सोसनको शाखा रामेछापमा गठन, रामेछाप महिला नेतृत्व पाउने मध्ये देशभरिमा नै तेस्राे

Next Post

विगत् र वर्तमानको तीज अनि दर

Next Post
विगत् र वर्तमानको तीज अनि दर

विगत् र वर्तमानको तीज अनि दर

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.