Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सोसनको शाखा रामेछापमा गठन, रामेछाप महिला नेतृत्व पाउने मध्ये देशभरिमा नै तेस्राे

जनता भ्वाइस by जनता भ्वाइस
August 20, 2020
in राष्ट्रिय समाचार, शिक्षा
0
सोसनको शाखा रामेछापमा गठन, रामेछाप महिला नेतृत्व पाउने मध्ये देशभरिमा नै तेस्राे
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भदौ ०४ । जनता भ्वाइस संवाददता, रामेछाप ।
सामाजिक अध्ययन तथा अनुसन्धान समाज, नेपाल (सोसन) को २१ औं शाखा रामेछापमा गठन भएको छ । विद्यालयमा समाजिक शिक्षा अध्यापन गराउने शिक्षकहरुको छाता संगठनको रुपमा २०७५ सालमा केन्द्रमा गठन भएको यस संगठनको बुधबार रामेछापमा पनि शाखा गठन भएको हो ।


रामेछाप नगरपालिका वडा नं. ८ शारदा संस्कृत मा.वि.मा अध्यापनरत् सामाजिक विषयकी शिक्षिका पार्वती कडरियाको अध्यक्षतामा उक्त शाखा गठन भएको हो ।


कोरोना भाइरस कोभिड १९ का कारण देश लकडाउन भएको अवस्थालाई सदुपयोग गर्दै सामाजिक अध्ययन तथा अनुसन्धान समाज, नेपाल (सोसन) ले आफ्नो शाखा विस्तार गर्ने कार्यलाई अघि बढाएको हो । बुधबार बेलुका ८ बजेदेखि ११ बजेसम्म भर्चुअल भेलामा भएको निर्णय अनुसार कडरियालाई रामेछाप शाखाको अध्यक्षको जिम्मेवारी दिइएको हो ।


उक्त भर्चुअल भेलामा सो संगठनका महासचिव ज्ञानु अधिकारी समेतको उपस्थितिमा रामेछापमा कडरिया सहित् ९ जनाको कार्यसमिति बनाइएको छ । रामेछाप जिल्लाका सबै स्थानीय तहहरुको प्रतिनिधित्व हुनेगरी बनाइएको कार्यसमितिमा उपाध्यक्ष दिवाकर खड्का (लिखु तामाकोसी), सचिव सुमित्रा खड्का (मन्थली नगरपालिका) कोषाध्यक्ष टंकराज सुवेदी (मन्थली नगरपालिका) सदस्य अप्सरा खड्का (उमाकुण्ड) महेशराज सुवेदी (खाँडादेवी), विदुर राम (सुनापति गाउँपालिका) सदस्य श्याम कार्की (रामेछाप नगरपालिका) रहेका छन् ।


यस संगठनको शाखामा संस्थागत विद्यालयहरुको समेत सहभागिता रहेको छ । निजी विद्यालयको सहभागीको रुपमा कर्कलादेवी बोर्डिङ स्कुल, मन्थलीबाट केशव तिमल्सिना रहेका छन् ।
आमन्त्रित सदस्यको रुपमा डम्बरबहादुर कार्की (खाँडादेवी) केवश खड्का (गोकुलगंगा) अनिता खड्का (दोरम्बा गाउँपालिका) र यशोदा केसी (मन्थली नगरपालिका) बाट प्रतिनिधित्व गरेका छन् ।
निम्न शिक्षक शिक्षिकाहरुको ९ सदस्यीय कार्यसमिति बनेको भएपनि ४ जना अन्य ४ जना आमन्त्रित सदस्य थपेर १३ जनाको कूल समिति बनेको छ ।


बुधबार रामेछापमा शाखा विस्तार भएपछि बिहिबार बिहान ८ बजे भएको बैठकमा परिचयात्मक तथा शुभकामना आदनप्रदान कार्यक्रम समेत भएको छ । उक्त परिचयात्मक कार्यक्रममा केन्द्रीय अध्यक्ष लगायत अन्य जिल्लाका शाखा अध्यक्षहरुको समेत सहभागिता रहेको सचिव सुमित्रा खड्काले जानकारी दिएकी छिन् ।


सामाजिक अध्ययन तथा अनुसन्धान समाज, नेपाल (सोसन) शाखा रामेछापकी नव नियुक्त अध्यक्ष कडरियाले छरिएर रहेका सामाजिक विषय शिक्षकहरुलाई एउटै छातामुनी ल्याई अध्ययन अध्यापन कार्यमा सरिक गराउने आफ्नो उद्देश्य रहेको बताएकी छिन् ।


जनता भ्वाइसँग कुराकानी गर्दै अध्यक्ष कडरिया अगाडि भन्छिन्, ‘सामाजिक विषय जस्तो १४ वटा फरक फरक क्षेत्रहरुलाई अत्यन्तै प्रभावकारी ढंगले अध्यापन गराउने पर्ने शिक्षकको बाध्यता छ । फेरि विशेषगरी सामाजिक विषय नै भनेर कमै शिक्षक विद्यालयमा पुगेका हुन्छन् ।


यस्तो अवस्थामा अन्य फरक विषय पढेको शिक्षकले सामाजिक विषय पढाउनु पर्दा समस्या देखिएकोले रामेछाप जिल्लाका सामाजिक विषयका शिक्षकहरुलाई वर्तमान अवस्था सामान्य भएपछि तालिमको व्यवस्थाका लागि मैले पहल गर्ने सोच बनाएको छु । यस कार्यमा सबै क्षेत्र र सरोकारवालाहरुको सहयोग हुनेछ भन्नेमा मलाई आशा एवम् विश्वास रहेको छ ।’


सामाजिक अध्ययन तथा अनुसन्धान समाज, नेपाल (सोसन) ले विगतमा १ सय ५१ दिन सामाजिक विषयका शिक्षकहरुलाई आधारभूत तालिम प्रदान गरिसकेको छ भने हाल समेत यस्तै प्रकृतिको तालिम भर्चुअल विधि मार्फत गराइरहेको र महिलाहरुको महान पर्व तीजको कारणले केही दिन रोकिएको अध्यक्ष कडरियाले जानकारी दिएकी छिन् ।


कडरिया देशभरी गठनभएको सामाजिक अध्ययन तथा अनुसन्धान समाज, नेपाल (सोसन) शाखा मध्येमा २१ औं अध्यक्ष हुन् भने तेस्रो महिला अध्यक्ष समेत हुन् । यस अघि कंचनपुर र स्याङ्जा जिल्लामा २ जना महिला अध्यक्ष रहिसकेका छन् । केही दिन अघि मात्र यस्तै प्रकृतिको शाखा रुपन्देहीमा समेत गठन भएको थियो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts

Previous Post

समस्त आमाबाबुको सम्झनामा

Next Post

सिन्धुलीमा एक वर्षमा ३५ वटा दुर्घटना ३६ को मृत्यु, ७७ जना घाइते

Next Post
सिन्धुलीमा एक वर्षमा ३५ वटा दुर्घटना ३६ को मृत्यु, ७७ जना घाइते

सिन्धुलीमा एक वर्षमा ३५ वटा दुर्घटना ३६ को मृत्यु, ७७ जना घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.