Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मन्थलीमा ४ जना कोरोना जितेर घर फर्किए, आइसोलेशन व्यवस्थापनप्रति देखिए असन्तुष्ट

जनता भ्वाइस by जनता भ्वाइस
September 7, 2020
in राष्ट्रिय समाचार, समाचार
0
मन्थलीमा ४ जना कोरोना जितेर घर फर्किए, आइसोलेशन व्यवस्थापनप्रति देखिए असन्तुष्ट
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भदौ ०५ । जनता भ्वाइस संवाददाता, रामेछाप
मन्थली नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र कोरोना आइसोलेशनबाट ४ जना डिस्चार्ज भएको छन् ।


आज उनीहरुलाई प्राथमिक स्वास्थय केन्द्र प्रमुख डाक्टर सागर जर्घामगरले भाइरस संक्रमण मुक्त भएको व्यहोराको पत्र दिएर डिस्चार्ज गराएका हुन् । आज आइसोलेशनबाट डिस्चार्ज हुनेमा मन्थली नगरपालिका ४ सालुका रामकुमार खड्का हुन् । उनी असार २ गते कुवेतबाट नेपाल फर्किएका थिए ।


त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेर एक दिन विमानस्थलकै होल्डिङ् सेन्टरमा बसेपछि उनी मन्थली नगरपालिका ६ नं. वडामा रहेको सेलेघाट क्वारेन्टिन आइपुगेका हुन् । सो क्वारेन्टिनमा १९ दिन बसेपछि उनको पिसिआर टेष्टगर्दा पोजेटिभ नतिजा आएपछि उनलाई प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा ल्याइएको थियो ।


त्यस्तै दुवईबाट नेपाल आएका अर्का संक्रमित मन्थली नगरपालिका वडा नंं ६ का एसन तामाङ पनि आजै डिस्चार्ज भएका छन् । तामाङ पनि खड्का जस्तै असार २ गते नै नेपाल आइपुगेका र खड्काकै हालतमा सो आइसोलेशनमा राखिएका संक्रमित थिए ।


मन्थली २ कठजोरका जयबहादुर रोका र सन्तोष मगर भारतबाट असार २ मा नै नेपाल आइपुगेका व्यक्तिहरु हुन् । उनीहरु पनि आजै कोरोना भाइरस (कोभिड १९) को संक्रमण मुक्त भएको प्रमाणपत्र बोकेर घर फर्किएका छन् ।


लामो समय क्वारेन्टिन र १४ दिन पछि मन्थली प्राथमिक स्वास्थ्य केन्द्रबाट कोरोना मुक्त भएर घर फर्किएका व्यक्तिहरुले आफूहरुमा एक पटक भन्दा बढी पिसिआर परीक्षण नगरिएकोमा तीव्र आक्रोश व्यक्त गरेका छन् । जुन बेला आफूहरु कोरोना संक्रमण पोजेटिभ आएको प्रमाणित भयो, त्यो बेला भन्दा बाहेक दोहार्याएर परीक्षण नगरिएकोले आफूहरु कोरोनाबाट संक्रमण मुक्त भएको हो कि होइन भन्ने नै अन्यौलमा रहेको गुनासो गरेका छन् ।


साथै आफूहरुले सेलेघाट क्वारेन्टिनमा पाएको दुःख र मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा भएको कमजोर व्यवस्थापनले हैरान भएको बताएका छन् । सेलेघाट क्वारेन्टिनमा बस्नेहरुको बसाई व्यवस्थापन गर्न सम्बन्धित पक्षले नसकेको आरोप लगाएका छन् । उनीहरु भन्छन्, ‘न सामाजिक दूरी कामय गराइन्छ, न त कुनै आवश्यक मापदण्ड नै । दैनिक थपिएकाहरुलाई भेडा बाख्रा कोचेजस्तो कोचेर राखिन्छ । यतिसम्म कि एउटा कक्षाकोठामा १० जनासम्म बस्नु पर्ने बाध्यता छ ।’ आज डिस्चार्ज भएका सन्तोष मगरको गुनासो छ ।


त्यस्तै डिस्चार्ज भई घर फर्किएका अर्का व्यक्ति रामकुमार खड्का आपूmहरु बसेको आइसोलेशनकक्ष बस्न योग्य नभएको, घाम लागेको बेला अति धेरै गर्मी र पानी परेका बेला पानीको ओस आएर सुत्ने ओच्छ्यान समेत भिज्ने गरेको गुनासो गर्छन् ।


आइसोलेशनमा बसेका व्यक्तिहरुको गुनासोको बारेमा प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीका हेल्थ असिष्टेण्ट युवराज सापकोटा मन्थली नगरपालिकाले आकस्मिक रुपमा बनाएको आइसोलेशन भएकोले न्यूनतम मापदण्ड पुरा भएको बताउँछन् ।

जनता भ्वाइससँग कुराकानी गर्दै सापकोटा भन्छन्, ‘यदि जस्तापाताले ट्रष्ट बनाएर आइसोलेशन बनाएको भएपनि गर्मीले झनै पोल्ने समस्या हुन्थ्यो । यहाँ पाल टाँगेर बनाइएको आइसोलेशन भएकोले प्राकृतिक रुपमा नै समस्या भएको हो ।’


डिस्चार्ज भएर घर फर्किएका व्यक्तिहरु ७ देखि १५ दिनसम्म घरमा गएर पनि अलग्गै बस्ने बताउँछन् । उनीहरुको भनाई अनुसार आफूहरु वृद्धवृद्धा तथा बालबालिका र दीर्घ रोगीहरुको समीपमा अझै १५ दिनसम्म बस्ने बताउँछन् भने सापकोटा समेत उहाँहरुले अझै समाजको बुझाई र उहाँहरु प्रति हेर्ने दृष्टिकोणसँग जुध्न बाँकी रहेको र उहाँहरुले घरमा गइसकेपछि पनि उच्च सावधान रहनु पर्ने बताउँछन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

तिजमा माइतजान ‘वडाध्यक्ष’सँग अनुमति लिनुपर्ने अवस्था

Next Post

एकसाता थपियाे निषेधाज्ञा, जनजीवन थप प्रभावित्

Next Post
एकसाता थपियाे निषेधाज्ञा, जनजीवन थप प्रभावित्

एकसाता थपियाे निषेधाज्ञा, जनजीवन थप प्रभावित्

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...