Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

एकसाता थपियाे निषेधाज्ञा, जनजीवन थप प्रभावित्

जनता भ्वाइस by जनता भ्वाइस
August 21, 2020
in समाचार
0
एकसाता थपियाे निषेधाज्ञा, जनजीवन थप प्रभावित्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भदाै ०५ । चितवन ।

देशमा कोरोना भाइरस कोभिड १९ को संक्रमण दिनदिन बढ्दै जान थालेपछि चितवन जिल्लामा निषेधाज्ञा एक हप्ता थप गरिएको छ ।


अस्ति शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी भदौ १२ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरेको हो । यसअघि ६ वटा मात्रै स्थानीय तहमा निषेधाज्ञा जारी गरिएकामा यसपटक भने सबै सातबटै स्थानीय तहमा निषेधाज्ञा लागू हुने चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिएका छन् ।


यसअघि साउन ३२ गतेबाट जिल्लाका माडी नगरपालिका बाहकेकका स्थानीय तहमा निषेधाज्ञा लागू गरिएको थियो । शुक्रबारै बसेको सुरक्षा समितिको बैठकले अत्यावश्यक सामान किन्न साँझ र बिहानको समयमा खुल्ला गरिएको बेला सवारी साधनको प्रयोग गरी लामो दूरीको यात्रा गर्ने र घुमफिर गर्ने पाइएको भन्दै त्यसमा कडाइ गर्ने निर्णय गरेको छ ।


नजिकै रहेको पसलबाट अत्यावश्यक सामान पैदल यात्रामा गएर किन्न र निश्चित दूरी कायम गर्न सबैमा अनुरोध गर्ने र पालना भए नभएको अनुगमन गरिने सहायक प्रजिअ शर्माले बताए ।
चितवनमा कोरोना संक्रमितको संख्या तीन सय नाघेको छ बिहीबार मात्रै जिल्लामा २२ जना संक्रमित थपिएका थिए ।


कोरोनाबाट झण्डै ३० जनाभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित बनेका छन् । अहिलेसम्म जिल्लामा चार जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।


चितवनका अस्पताल, कृषि उद्योगहरुलाई कोरोना जोखिमको क्षेत्र मानिएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

मन्थलीमा ४ जना कोरोना जितेर घर फर्किए, आइसोलेशन व्यवस्थापनप्रति देखिए असन्तुष्ट

Next Post

सिन्धुलीमा एकैदिन ९ जनामा कोरोना संक्रमण

Next Post

सिन्धुलीमा एकैदिन ९ जनामा कोरोना संक्रमण

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.