भदौ ०५ । जनता भ्वाइस संवाददाता, रामेछाप
नेपाल टेलिकमको अप्टिकल फाइबरमा समस्या आएको छ । आज बेलुका ६ बजेबाट आएको समस्याका कारण रामेछापमा इन्टरनेट सुविधा प्रभावित भएकाे हाे ।
नेट धेरै नै कम गतिमा चलेको छ । रामेछापको भालुखोप डाँडामा रहेको टेलिफोन टावरबाट सेवा प्रवाह गरिरहेको अवस्थामा त्यो पनि प्रभावकारी हुन नसक्ने नेपाल टेलिकम रामेछाप शाखाका कर्मचारी प्राविधिक प्रदीप कार्कीले जनता भ्वाइसलाई बताए ।
कार्कीले जनाए अनुसार भोलि दिउँसोसम्म कहाँ, के कारणले अप्टिकल फाइबर खराब भएको हो ? सो पत्ता लगाएर निर्माण कार्य अगाडि बढ्नेछ ।
फाइबरमा आएको खराबीका कारण अब केहीदिन रामेछापका इन्टरनेट प्रयाेगकर्ताहरु प्रत्यक्ष प्रभावित हुने देखिएकाे छ ।