Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

खाली भए सुनापतिका आइसोलेशन र क्वारेन्टिन, सबैलाई सचेत रहन अध्यक्ष लामाको आग्रह

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
खाली भए सुनापतिका आइसोलेशन र क्वारेन्टिन, सबैलाई सचेत रहन अध्यक्ष लामाको आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भदौ ०६ । जनता भ्वाइस संवाददाता, रामेछाप


कोरोना भाइरसले विश्व त्राहित्राहि भएको अवस्थामा धेरै संक्रमितहरु आइसोलशन र क्वारेन्टिनमा बसिरहेका छन् । रामेछाप जिल्लाका धेरै स्थानीयतहरुमा संक्रमितहरु आइसोलेशन वा क्वारेन्टिनमा बसिरहँदा सुनापति गाउँपालिकामा हाल एकैजना पनि सम्भावित संक्रमित छैनन् ।


सुनापति वडा नं. २ की तामाङ थरकी महिला दुवईबाट फर्किएपछि उनलाई करिब डेढ महिनासम्म क्वारेन्टिन र आइसोलशन राखेपछि पिसिआर नेगेटिभ आएर उनलाई घर पठाइएको हो । डेढ महिनासम्म पटक पटक गरी ३ पटकसम्म पिसिआर परीक्षण गरेपश्चात परिणाम नेगेटिभ आएपछि उनलाई घर पठाइएको गाउँपालिका अध्यक्ष धावा लामाले जानकारी दिएका छन् ।


विगतमा काठमाडौं वा विदेशबाट आएका स्थानीयहरु १५ जनासम्म क्वारेन्टिनमा राखिएको र हाल कोही पनि कुनै क्वारेन्टिनमा नरहेको लामाले बताए ।


अहिलेको अवस्थामा सुनापति गाउँपालिकाका जनस्तरमा कस्तो संयमता छ ? भन्ने जनता भ्वाइसको जिज्ञासामा लामा भन्छन्,


‘गाउँमा यसैपनि कामको मारामार हुन्छ । आफ्नो नियमित काममा लाग्नेहरु लागेकै छन् । गाउँमा नयाँ मान्छेहरु कोही पनि आउन दिएका छैनौं । गाउँबाट बाहिर जानेहरुमा पनि कडाई गरिएको छ । सुरुसुरुका दिनहरुमा शहरबाट आएका युवाहरु खुलेआम घुमेका देखिन्थे । साना साना चियापसल तथा खाद्यान्न पसलहरु बिहान ६ बजेदेखि १० बजेसम्म खुल्ला गरिएको छ । अहिले त्यसलाई पनि रोकेका छौं । सामाजिक त्रास भए पनि संयमता अपनाइएको छ ।’


कोरोना भाइरसको प्रभाव कहिलेसम्म रहने र कहिले मुक्तहुने भन्ने विषय अन्यौल रहेकोले सबै पालिकाबासीहरुलाई सचेत र संयम रहन अध्यक्ष लामाले आग्रह गरेका छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts

Previous Post

अप्टिकल फाइबरमा आएको समस्याका कारण इन्टरनेट प्रभावित

Next Post

रामेछापका २ जनामा कोरोना संक्रमण पुष्टी

Next Post
दुईजना कोरोना संक्रमित थपिए, ५९ पुग्यो संख्या

रामेछापका २ जनामा कोरोना संक्रमण पुष्टी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.