Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

गाउँगाउँमा लघुवित्तको किस्ता आतङ्क

जनता भ्वाइस by जनता भ्वाइस
September 7, 2020
in राष्ट्रिय समाचार, समाचार
0
गाउँगाउँमा लघुवित्तको किस्ता आतङ्क
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

भदौ १० । प्रविन अधिकारी
विश्वभर आतङ्क मच्चाइरहेको कोरोना भाइरसका कारण जनमानसमा त्रास फैलिरहेका बेला रामेछापका बासिन्दा भने कोरोना भन्दा लघुवित्त तथा वित्तीय संस्थाहरुबाट त्रसित हुनु परेको छ ।


जिल्लाको मन्थली नगरपालिका गत साउन २९ गतेदेखि सिल गरिएको भएपनि विभिन्न वडा तथा गाउँमा यतिबेला सामुदायिक लघुवित्त वित्तीय संस्था, शाखा कार्यालय किर्नेका कर्मचारीहरु कोरोना जोखिम तथा सिल गरिएका क्षेत्रमा गएर किस्ता तिर्न धम्काइरहेको पाइएको छ । वित्तीय संस्थाहरुले ऋणको किस्ता तथा ब्याज तिर्न उर्दी जारी गर्दै सिल गरिएका क्षेत्रहरुमा समेत जबर्जस्त बैठक चलाउन थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्, भने कोरोना जोखिम समेत बढेको छ ।


कोरोनाका कारण धेरैको जनजीवन अस्तव्यस्त बनेको छ भने भोकमारीको अवस्था सिर्जना हुँदै गई रहेको छ । कोरोनाकै कारण धेरैले रोजगार गुमाएका छन्, भने अर्काेतर्फ भोकमारी, गरिबी लगायतका कारण आत्महत्या गर्नेहरुको संख्या दैनिक १६ जना भन्दा धेरै रहेको नेपाल प्रहरीको तथ्याङ्कले देखाउँछ ।


यस्तो तनावग्रस्त अवस्थामा समेत वित्तीय संस्थाहरुले घरघरमा गएर ऋणीहरुलाई धम्काउने गरेपछि कोरोनाको कारण भन्दा ऋणको कारण त्रसित हुनु परेको स्थानीयको गुनासो छ ।


यतिबेला रामेछापका अधिकांश क्षेत्र सिल गरिएको भए पनि स्थानीय प्रशासनले बेवास्ता गरेपछि वित्तीय संस्थाहरुको ज्यादति बढेको हो । वित्तीय संस्थाका कर्मचारीहरुबाटै समुदाय स्तरमा कोरोना फैलन सक्ने र अवस्था अझै जटिल बन्न सक्ने स्थानीय बासिन्दा बताउँछन । यस्तो जर्जर परिस्थितिमा समेत मानवीय संवेदनशीलताको ख्याल नगरी वित्तीय संसथाले मानसिक दबाब तथा यातना दिएको जनगुनासो बढेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३३ हजार ५ सय भन्दा बढी रहेको छ भने मृतकको संख्या १ सय ६४ जना पुगिसकेको छ ।

विज्ञहरुले यो जोखिमलाई बेवास्ता गरे कोरोना महामारी भयानक अवस्थामा पुग्ने चेतावनी दिइरहेका छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

६ बर्षीया बालिका बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

Next Post

ट्रक साहित्यमा प्रेम र देशप्रेम

Next Post
ट्रक साहित्यमा प्रेम र देशप्रेम

ट्रक साहित्यमा प्रेम र देशप्रेम

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.