जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुरका १ पक्राउ



भदौ ११, भक्तपुर ।

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर महानगरपालिका-२ औद्यौगिक क्षेत्र बस्ने मोरङ घर भएका २१ वर्षीय शृजन रायलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई २०७६ माघ २६ गते भक्तपुर महानगरपालिका-१ दुधपाटीस्थित गेष्ट हाउसमा लगेर जबरजस्ती करणी गरी फरार रहेका रायलाई खोजी गर्ने क्रममा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले भक्तपुर महानगरपालिका-२ औद्यौगिक क्षेत्रबाट पक्राउ गरेको हो ।

 यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
  

तपाईको प्रतिकृया दिनुहोस्