Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

५० वेडको आइसोलेशन भवन निर्माणमा जुट्न थाल्यो सहयोग

सम्झना श्रेष्ठ by सम्झना श्रेष्ठ
August 28, 2020
in समाचार
0
५० वेडको आइसोलेशन भवन निर्माणमा जुट्न थाल्यो सहयोग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भाद्र ११, सिन्धुलीमाढी ।

सिन्धुलीमा निर्माणधिन ५० बेडको आइसोलेसन भवन निर्माणको लागि सहयोग रकम जुट्न थालेको छ ।

आइसोलेसन भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष अशोक श्रेष्ठले हालसम्म कमलामाइ नगरपालिकाले ३ लाख, गोलन्जोर गाउँपालिकाले ५ लाख सहयोग गरेको बताउनुभएको छ । नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति तथा भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष श्रेष्ठका अनुसार आज दक्षिणकाली सामुदायिक वन उपभोक्ता समूह (कमलामाई नगरपालिका–५) एक लाख एक हजार १११ रूपैयाँ, नेपाल रेडक्रस सोसाइटी (माढीबजार उपशाखा)बाट ५१ हजार, शान्ति चर्च सिन्धुलीबाट ५१ हजार १०० रूपैयाँ प्राप्त भएको छ । यस्तै, रामजी सुवेदी (भिमस्थान) पाँच हजार १०० रूपैयाँ, महिला जागरण टोल विकास संस्था २ नम्बर बजार २० हजार, सिन्धुलीका सहकारीहरुमा आवद्ध कर्मचारीहरुबाट १० हजार रुपैँया प्राप्त भएको जनाइएको छ ।

भवन निर्माणका लागि आबस्यकिय सामाग्री सुुनकोशी गाउँपालिकाको कार्यालयले १२ टिप गिट्टि र १४ टिप बालुवा, क.न.पा–७ का रामबहादुर रानामगरबाट २५ टिप ढुंगा, रसुवा कन्ट्रक्सनबाट ४ हाइबा बालुवा, गोलन्जोर गाउँपालिका ५ का रामकाजी थापाबाट ५० बोरा सिमेण्ट, बिजयश्री हार्डवयर ढुङ्ग्रेबासबाट २ बण्डल जस्तापाता सहयोग भएको अध्यक्ष श्रेष्ठको भनाई छ ।

आईसोलेसन अस्पताल निर्माणका लागि बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले ९७ लाख रुपैयाँ सहयोग गरेको छ । भने जिल्लाका स्थानीय तह, सामाजिक संघसंस्था र सहयोगि लगाएत सँगको साझेदारिमा अस्पताल निर्माण कार्य भैरहेको छ । पछिल्लो समय सिन्धुलीमा (कोभिड–१९) को संक्रमण बढेसँगै आइसोलेसन वेड अभाव हुने भएपछि ५० वेडको आइसोलेसन अस्पताल निर्माण सुरु गरिएको हो । कमलामाई नगरपालिका–६ स्थित शिबनगरमा ३ करोड ३६ लाख रुपैयाँको लागतमा आइसोलेसन अस्पतालको निर्माण कार्य तीव्रगतिमा भैरहेका छ ।

उक्त आइसोलेशन भवन निर्माणमा वाग्मति प्रदेस सांसदहरु राजन दाहाल, प्रदिप कटुवाल तथा विनोद खड्का जिल्लाका नेता तथा कार्यकर्ता, स्थानिय लगाएतको सक्रिय सहभागिता र सहयोगमा तिव्र गतिमा निर्माण भैरहेको छ ।

तस्वीर साभार : गुगल

Author

  • सम्झना श्रेष्ठ
    सम्झना श्रेष्ठ

    View all posts
Previous Post

जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुरका १ पक्राउ

Next Post

सिन्धुलीका आज थप चार जना संक्रमित थपिए

Next Post
सिन्धुलीका आज थप चार जना संक्रमित थपिए

सिन्धुलीका आज थप चार जना संक्रमित थपिए

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.