Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रसायनिक मलको कालोबजारी गर्ने लामा धरौटीमा रिहा, लामाले यस्तो गरे कबुल

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
रसायनिक मलको कालोबजारी गर्ने लामा धरौटीमा रिहा, लामाले यस्तो गरे कबुल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भदौ १२ । जनता भ्वाइस संवाददाता, रामेछाप


केहीदिन पहिलो मन्थलीमा मलमा कालोबजारी गर्ने एक व्यवसायी २ लाख रुपैयाँ धरौटी तिरी प्रहरी नियन्त्रणमुक्त भएका छन् । जिल्ला प्रशासन कार्यालय, रामेछापले आज दिएको जानकारी अनुसार रासायनिक मलमा कालोबजारी गर्ने कृषक जागरण कृषि सहकारी संस्था लि. का व्यवस्थापक पदमहादुर लामा हिजो रिहा भएका हुन् ।


लामाले गत भदौ २ गते उक्त डिपोबाट एमोनियम सल्फेट भन्दै सल्फेटकै मोलमा युरियामल बेचेका थिए । साल्ट टे«डिङ कर्पोरेशन लिमिटेड बनेपाबाट ८ सय ४६ रुपैया प्रतिबोरामा खरिद गरेको मल १ हजार ८ सय रुपैयाँमा कृषकहरुलाई बेचेका थिए ।


आज जिल्ला प्रशासन कार्यालय रामेछापले दिएको जानकारीमूलक सूचनामा भनिएको छ ।


मन्थली नगरपालिका वडा नं . १ स्थित कृषक जागरण कृषि सहकारी संस्था लि. को विक्री केन्द्रबाट रासायनिक मल बिक्री वितरण सम्बन्धमा यस कार्यालयमा गुनासो आई तत्काल यस कार्यालयको नेतृत्वमा अनुगमन हुँदा उक्त विक्री केन्द्रबाट सहकारीका व्यवस्थापक पदम बहादुर लामाले साल्ट्र टेडिङ्ग कर्पोरेसन लि. बनेपाबाट प्रतिवोरा रु. ८४६ र रुपयाँमा खरिद गरी ल्याएको यूरिया मललाई एमोनियम सल्फेट मल हो भनि प्रतिवोरा रु . १८०० मा कृषकलाई विक्री वितरण गरेको पाइएको हुँदा सहकारीका व्यवस्थापक तथा विक्रेता पदमबहादुर लामालाई तत्काल पक्राउ गरी अनुसन्धान भएकोमा निज विरुद्ध कालो बजार तथा अन्य सामाजिक अपराध तथा सजाय ऐन , २०३२ दफा ३ को (१) बमोजिमको कसुरमा अभियोग पत्र दायर भएकोमा निजवाट मिति २०७७।०५।११ गते रु. २ लाख धरौटी लिई यस कार्यालयबाट मुद्दा पुर्पक्षको लागि निजलाई तारिखमा छाडिएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।


सूचनामा भनिएको छ ।


यसै सम्बन्धमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले लामाले कृषकहरुसँग युरियामल बापतको बढी मूल्य कृषकहरुलाई फिर्ता गरिसकेको जनाएकी छिन् । केही कृषकहरुलाई फिर्ता गर्न बाँकी रहेको र त्यसलाई पनि तुरुन्तै फिर्ता गर्ने लामाले कबुल गरेका छन् ।

‘अबको १ महिना पछि हामीले लामालाई बोलाएका छौं । त्यो बेलामा उनले सबै कृषकहरुलाई लिएको बढी मूल्य चुक्ता गरेको भरपाई पेश गर्न सकेनन् भने उनलाई फेरि थप कारवाही हुनेछ ।’ शर्माको कथन छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts

Previous Post

धेरैजसाे कम्युनिष्ट नेताहरुमा अनुशासन र आचरण हरायाे : उपप्रमुख श्रेष्ठ (भिडियाे सहित्)

Next Post

बिनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि

Next Post
बिनोद चौधरीलाई कोरोना  संक्रमण पुष्टि

बिनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...