सिन्धुलीमा एकै दिन १६ जना कोरोना मुक्त



भाद्र १२ सिन्धुलीमाढि । सिन्धुलीमा कोरोना संक्रमण पुष्टि भएका १६ जना निको भई आज डिस्चार्ज भएका छन् । उनीहरुको कोरोना चेकजाँच रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको सिन्धुली अस्पताल व्यवस्थापक बिमल श्रेष्ठले जानकारी दिनुभयो । एपोलो हस्पिटलका १५ जना र सिन्धुली अस्पतालका एक जना गरी १६ जना कोरोना जितेर आज डिस्चार्ज भएका हुन् । आज डिस्चार्ज हुनेमा १५ जना पुरुष र एक महिला छन् । सिन्धुलीमा एकैपटक यति धेरै कोरोना संक्रमित निको भएको यो पहिलो पटक हो । आज कोरोना जिनेमा ७७ वर्षिय जेष्ठ नागरिक समेत हुनुहुन्छ । अहिले एपोलो अस्पतालमा ७ जना, सिन्धुली अस्पतालमा २ जना महिला संक्रमित उपचाररत छन् । यस्तै ६ जना होम आइसोलेशनमा छन् । सिन्धुलीमा कोरोना पोजेटिभ देखिएका मध्ये २८ जना निको भई घर फर्किसकेका छन् ।

तपाईको प्रतिकृया दिनुहोस्