Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सिन्धुलीमा डेढ महिनामा सात बलात्कारका घटना बाहिरिए

सम्झना श्रेष्ठ by सम्झना श्रेष्ठ
September 3, 2020
in समाचार
0
बाेक्साकाे आरोपमा दुर्व्यवहार गर्ने पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भाद्र १६, सिन्धुलीमाढि ।

सिन्धुलीमा पछिल्लो समय बलात्कारका घटना बाहिरीने क्रम बढेको छ । जिल्लामा पछिल्ला डेढ महिनाको अवधिमा मात्रै ७ वटा बलात्कारका घटना सार्वजनिक भएका छन् । चालु आर्थिक वर्षको पहिलो महिना श्रावणमा चार बलात्कारका घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । जसमा गोलन्जोर गाउँपालिकामा २, तिनपाटन गाउँपालिका र दुधौली नगरपालिकामा १÷१ वटा बलात्कारका घटना बाहिरिएको सिन्धुलीका प्रहरी नायव उपरिक्षक श्याम बहादुर खत्रीले बताउनुभयो ।

यस्तै भदौ महिनाको १४ गतेसम्म आइपुग्दा अन्य तीन जनामा बलात्कार भएको पाइएको छ । प्रहरीको तथ्यांक अनुसार दुधौली नगरपालिका, सुनकोसी गाउँपालिका र हरिहरपुरगढि गाउँपालिकामा १÷१ वटा बलात्कार सम्वन्धि घटना बाहिरिएको सिन्धुलीका महिला सेल प्रमुख प्रहरी निरिक्षक निरु दुवालले बताउनुभयो । सिन्धुलीमा गत वर्ष २१ वटा बलात्कारका घटना बाहिरिएका छन् । आर्थिक वर्ष २०७६÷०७७ मा २१ वटा जवरजस्ति करणीका घटना प्रहरी समक्ष आइपुगेको पाइएको छ । स्थानिय तह अन्तर्गत् हेर्दा दुधौली नगरपालिकामा ६ वटा बलात्कार भएको पाइएको छ ।

यस्तै कमलामाई नगरपालिकामा ५ वटा, गोलन्जोर गाउँपालिकामा २, मरिण र हरिहरपुरगढि गाउँपालिकामा ३÷३ तथा तिनपाटन र घ्याङ्लेख गाउँपालिकामा १÷१ वटा बलात्कार भएको सिन्धुली प्रहरीको तथ्यांकले देखाएको छ । यस प्रकारको घटना उमेरको आधारमा हेर्ने हो भने, १८ वर्ष भन्दा कम उमेरका १२ जना माथि बलात्कार भएको पाइएको छ ।

यसैगरि १९–३० वर्ष उमेर समुहका ५ जना, ३१–४५ वर्ष उमेर समुहका ३ जना र ६० वर्ष माथिका एकजनामा बलात्कार भएको प्रहरीको तथ्यांकले देखाएको छ । यस्तै जातजातीको आधारमा हेर्दा जनजाती १२ जना, दलित ३ जना, क्षेत्री ६ जना माथि बलात्कार भएको पाइएको छ । यसैगरि जिल्लामा आर्थिक वर्ष २०७५÷७६ मा २२ वटा बलात्कारका घटना भएको प्रहरीले जनाएको छ ।

यसैगरि अािर्थक वर्ष २०७४÷७५ मा १० वटा बलात्कारको घटना प्रहरी समक्ष आइपुगेको छ । खासगरि बलात्कार सम्वन्धि घटनाहरु नबाहिरिने गरेको पनि पाइएको छ । प्रहरी समक्ष आइपुगेका कतिपय मुद्धाहरु गत पाँच÷छ महिना अघि नै घटेका घटना बल्ल बाहिरिएको पाइएको छ । यसरी बलात्कारका घटनाहरु समयमै बाहिर नआउनुमा पिडकको धम्की, समाजको डर, राजनितिक प्रभाव देखिने गरेको प्रहरि नायव उपरिक्षक खत्रीको भनाई छ । आफ्ना किशोरी छोरीको हेरचाह तथा रेखदेखमा परिवार तथा आफन्तले विषेश ध्यान दिनुपर्ने उहाँको भनाई छ । कतिपय अवस्थामा समाजमै अपराधहरु लुकाउने गरेको प्रहरी नायव उपरिक्षक खत्रीले बताउनुभयो ।

Author

  • सम्झना श्रेष्ठ
    सम्झना श्रेष्ठ

    View all posts
Previous Post

शिक्षक अपहरणमा संलग्न ‘विप्लव’ का सात कार्यकर्ता पक्राउ

Next Post

आजको राशिफल – Aajako Rashifal, वि.सं. २०७७ भदौ १८

Next Post
आजको राशिफल – Aajako Rashifal, वि.सं. २०७७ भदौ १८

आजको राशिफल - Aajako Rashifal, वि.सं. २०७७ भदौ १८

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.