Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

शिक्षक अपहरणमा संलग्न ‘विप्लव’ का सात कार्यकर्ता पक्राउ

सम्झना श्रेष्ठ by सम्झना श्रेष्ठ
August 9, 2022
in समाचार
0
सामाजिक संजाल प्रयोग गरी ठगी गरेको अभियोगमा ७ जना पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भाद्र १५ सिन्धुली ।

शिक्षकको अपहरणमा संलग्न थप ७ जना पक्राउ परेका छन् । उनीहरू सबैजना सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्तवको नेकपामा आबद्ध रहेको खुलेको सिन्धुली प्रहरीले जनाएको छ । उनीहरूलाई सदरमुकाम सिन्धुली ल्याइँदै गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सिन्धुली प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले सिन्धुलीकै जिनाखु जङ्गलबाट उनीहरूलाई पक्राउ गरिएको बताउनुभयो ।

पक्राउ परेका पुरुषहरूको साथबाट प्रहरीले बम बनाउने सकेट ८ थान र ४ थान सुतली बम बरामद गरेको छ । पक्राउ परेकाहरूको नामथर खुलाइएको छैन । गत भाद्र १३ मा तीनपाटन गाउँपालिका–८ मा रहेको भीमसेन आधारभूत विद्यालयका प्रधानाध्यापक नारायण भण्डारी अपहरणमा परेका थिए ।

अपहरणमा परेको केहि समय पछि प्रहरी र स्थानियको सक्रियतामा शिक्षक अपहरण मुक्र भएका थिए । सुरक्षाकर्मीको टोलीले अपहरणकारीलाई आइतबार पक्राउ गरिएको हो । अपहरणमा परेका शिक्षक भण्डारीलाई प्रहरीले तीनपाटन–८ कै लायोगाउँको खानीपाखा जङ्गलबाट दुई दिनअघि सकुशल उद्धार गरेको थियो । सोही क्रममा प्रहरीले चन्द नेतृत्व समूहकी कार्यकर्ता २० वर्षीया प्रतिमा परियारलाई पक्राउ गरेको थियो ।

उनी सुनसरीको धरान उपमहानगरपालिका–६ सिमलचोककी रहेको खेलेको छ । उनको साथबाट प्रहरीले दुई वटा सकेट बम र एउटा सुतली बम फेला पारेको थियो । उक्त बमहरू सदरमुकाम सिन्धुलीबाट गएको नेपाली सेनाको बम डिस्पोजल टोलीले हिजो दिउँसो निस्क्रिय पारेको छ । शिक्षक भण्डारी अपहरणमा पर्नुको कारण भने खुलेको छैन । यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Author

  • सम्झना श्रेष्ठ
    सम्झना श्रेष्ठ

    View all posts
Previous Post

भाडा छुट् निर्णय उल्ट्याउँदै कमलामाई नगरपालिका

Next Post

सिन्धुलीमा डेढ महिनामा सात बलात्कारका घटना बाहिरिए

Next Post
बाेक्साकाे आरोपमा दुर्व्यवहार गर्ने पक्राउ

सिन्धुलीमा डेढ महिनामा सात बलात्कारका घटना बाहिरिए

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.