Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

लकडाउनले जन्माएको “व्याड-जोडि”

सम्झना श्रेष्ठ by सम्झना श्रेष्ठ
September 5, 2020
in मनोरञ्जन, समाचार
0
लकडाउनले जन्माएको “व्याड-जोडि”
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भाद्र १९ सिन्धुलीमाढि ।

केहि आपत्तीहरु पनि परिवर्तनका सम्वाहक हुँदा रैछन् । आपत्ती विपतीलाई अवसरको रुपमा बदल्न सक्नु चाँँहि सच्चा शक्ति हो रहेछ । हो, यसैको दर्विलो उदाहरण हो, “व्याड जोडि” । झट्ट सुन्दा कस्तो कस्तो लाग्ने शव्द नाम, तर सुन्दा जे सुनिन्छ र जे कुरा मस्तिष्कमा पुग्छ त्यो भन्दा विल्कुल फरक काम गर्छन् यि जोडिले । गत वर्षको डिसेम्वर अन्तिम साता चिनको वुहानबाट कोरोना नामक एक भाइरस संसार सिध्याउने अठोट बोकेर निस्कियो । त्यसको असर नेपालमा पनि नराम्ररी परिरहेको छ । जुन सम्पुर्ण नेपालीले भोगिरहेका छन् ।

यहि भाइरसका कारण विश्व आतंकित भएको छ । प्रत्यक श्वास फेर्न कठिन छ, प्रत्यक पलहरु कष्ठकर छन्, मानिस मानिस विच भौतिक एवम् सामाजिक दुरी बढाएको छ । यसले एक खालको दुरी, खाडल मात्रै बढाएको छैन, संक्रमणकै कारण आफन्तसँग आफन्त नै त्रसित छन् । दैनिक जनजिवन कष्ठकर बनेको छ । मानिसमा सामाजिक, आर्थिक, भौतिक, मानसिक जस्ता यावत् कुरामा प्रत्यक्ष असर पुर्याएको छ । जुन हामी प्रत्यक्ष भोगिरहेका छौँ । संक्रमण कै कारण नेपाल सरकारले पनि २०७६ साल चैत्र ११ बाट देशव्यापि ´लकडाउन´ अर्थात् बन्दाबन्दि गर्ने घोषणा गर्यो ।

जसको असर भनेर साध्य छैन । मानिसहरु घरको चार देवाल भित्र सिमित भए । आफन्तकोमा जान बन्द, घर बाहिर बजार पसल, छरछिमेकिकोमा जान प्रतिवन्द यि सब प्रतिवन्दहरु क्ति कष्ठकर छन्, थिए नि । यसैविचमा सिन्धुलीको कमलामाई नगरपालिका ५ गैँयाटार बस्ने दुई युवा “व्याड जोडि” बने । सुरुसुरुमा त कसैले पनि पत्याएनन्, उनीहरुलाई । झट्ट विस्वास गर्न धेरै लाई अप्ठ्यारो भयो । व्याड अर्थात् अंग्रेजिमा Bad, जसको अर्थ नराम्रो वा खराव । हो, उनीहरु यस्तै जोडि बनेका हुन् । अंग्रेजिमा b को भनेको Bibek को b र Dipesh को d ।

यसरी विवेक गौतम र दिपेश फुयाँलको जोडि “व्याड जोडि” को नामले यहिले सर्वत्र चर्चामा छ । अमिन तीन वर्षको कोर्ष गर्दै गरेका विवेक १९ वर्षका छन् भने स्वास्थ्य विषयमा व्याचलर गर्दै गरेका दिपेश २३ वर्षका भए । अहिले उनीहरुको कलाले चर्चा पाएकोमा घर परिवार पनि निकै खुसी छ । लकडाउनको कारण घरमै बस्नुपर्ने वाध्यतामा गुज्रिएका यि दुई युवा जस्ले नाम भन्दा काम फरक गरेका छन्, गरिरहेका छन् । कोरोनाबाट बच्न अपनाउनुपर्ने पहिलो उपाय “सावुन पानीले मिचिमिचि हात धुनु” । यो उक्ति सरकारले मात्र होइन, चिकित्सकले मात्र होइन तपाई हामी सबै सबैको मुखमा झुन्डियो, अनिवार्य हात धुनुपर्ने कुरा । टिकटक बनाउने दिपेश र विवेकले एकाएक सोचे हात धुनुपर्छ भन्ने सन्देश दिने एउटा सानो भिडियो बनाउने ।

यसलाई उनीहरुले गितको माध्यमबाट भिडियो तयार गरे । जसलाई दिपेशले लेखे र गाए भने विवेकले त्यसमा beat boxing राखे । उनले मुखबाट धुन भरे । सुन्दा मिठास थपियो । गितको बोल थियो ः बाबुनानील,े मिच्दै हात धुनु है सावुन पानीले । यसमा स साना बालबालिकाहरु पनि बडो उत्सुकताका साथ साथ दिए र एउटा भिडियो तयार भयो । उक्त भिडियो युनिसेफ ले पनि सेयर गर्यो । त्यसपछि उनीहरुमा थप हौसला थपियो । “व्याड जोडि” ले बामरी, लकडाउन सकिन्छ बसेहै रामरी, जात मिलाइदेउ अन्यायमा परेछौँ धेरै नै न्याय दिलाइदेउ, कोरोनाले थन्कायो कोठामा, भैसि पालौँ जस्तो छ गोठमा, जस्ता दुई दर्जन गित बनाए, भिडियो बनाए ।

“व्याड जोडि” ले खासगरि समसामयिक घटना, परिवेशलाई समेट्ने गरेको छ र गित तथा रमाइलो भिडियो मार्फत् सकारात्मक सन्देश दिने अभियानमा छ । उनीहरुले देशमा व्याप्त रहेको बलात्कार, एसिड आक्रमण, जातिय विभेद, जस्ता विषय वस्तुलाई जस्ताको तस्तै प्रस्तुत गर्ने गरेका छन् । “व्याड जोडि”का दिपेश भन्छन् –हामीलाई समसामयिकता मन पर्छ, हामी तेसैमा रमाउछौँ । उनी थप्छन्ः खाली समयको सदुपयोग र कलालाई प्रस्तुत गरेका हाँै, हामीलाई यो लकडाउनको अवधिमा फुर्सद् बस्नु परेन ।

यस्तै यो जोडिमा अर्का अभिन्न अंग विवेक भन्छन्– बजार जान हुँदैन, भिडभाडमा जान हुँदैन भनेर कोरोनाको त्रास फैलियो, हामी चाँहि धेरै जसो जंगल जान्थ्यौँ । जंगलमा मानिसको भिडभाड नहुने, शान्त रमाइलो पनि । उनी अगाडि भन्छन्ः ख्यालख्यालमै बनाएको भिडियोले भाइरल पो बनाइदियो त । बजार, चोक जताततै चिन्न थालेछन् मानछेहरुले, बडो रमाइलो लागिरहेछ । उनीहरु भन्छन्ः यो कार्यलाई निरन्तरता दिन्छौँ । यो जोडिलाई यति छोटो समयमा यतिका धेरै चर्चा कमाउन संचारले सहयोग गरेको छ, इन्टरनेटले मानिसलाई विश्वभर जोडिदिएको यो एउटा सकारात्क र गतिलो उदाहरण पनि हो ।

“माल पाएर चाल पाएको ” भनेको चाँहि यहि नै हो, हाम्रो प्रयोगमा रहेको हरेक कुरालाई सहि सदुपयोग गरौँ । “व्याड जोडि” को गुड वर्क साँच्चै प्रशंसनिय छ । हामी सम्पुर्ण पाठक, स्रोता, दर्शकको तर्फबाट बधाई छ “व्याड जोडि” लाई, अझै उत्तरोत्तर प्रगतिको हार्दिक कामना गर्दछौँ ।

Author

  • सम्झना श्रेष्ठ
    सम्झना श्रेष्ठ

    View all posts
Previous Post

मन्थलीमा गरे एक युवकले आत्महत्या, आत्महत्याको कारण प्रेम हुनसक्ने

Next Post

जिल्लामा कोरोना संक्रमित थपिएपछि जिल्ला प्रशासन कार्यालय, रामेछापबाट आयो यस्तो सूचना

Next Post
जिल्लामा सबै कार्यक्रम चैत्र मसान्त सम्म बन्द गर्न निर्देशन

जिल्लामा कोरोना संक्रमित थपिएपछि जिल्ला प्रशासन कार्यालय, रामेछापबाट आयो यस्तो सूचना

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.