Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मन्थलीमा गरे एक युवकले आत्महत्या, आत्महत्याको कारण प्रेम हुनसक्ने

जनता भ्वाइस by जनता भ्वाइस
September 7, 2020
in समाचार
0
लिखु तामाकोशीमा एक युवक झुण्डीएको अवस्थामा मृत फेला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भदौ १८ । जनता भ्वाइस संवाददाता, रामेछाप


मन्थलीमा आज एक युवकले आत्महत्या गरेका छन् । जिल्लाको लिखु तामाकोसी गाउँपालिका वडा नं. ७ स्थायी ठेगाना भई हाल रामेछाप पोलिटेक्निकल इस्टिच्युटमा भेटेरिनरी पढ्दै गरेका १७ वर्षिय उमेश बुढाथोकीले आत्महत्या गरेका हुन् ।


बुधबार बेलुका मन्थलीको मदन आश्रित चोक नजिकै एक घरमा हाउस वायरिङ् गरेका बुढाथोकी बेलुका आइ आफ्नो डेरामा सुतेको र बिहान उठ्दा आफ्नै डेरामा रहेको पङ्खामा झुण्डिएको अवस्थमा भेटेको बाबु ज्ञानबहादुर बुढाथोकीले बताए ।


जनता भ्वाइससँग कुराकानी गर्दै बाबु ज्ञानबहादुरले भने, ‘बेलुका कामबाट फर्किएपछि सँगै छुटेका हौंँ । म र उमेश बस्ने ठाउँ अलग अलग भएकोले ऊ आफ्नो डेरातर्फ गएको र बेलुका मैले खाना खाए नखाएको सोध्दा ‘खाना बनाउँदै छु । आज तरकारी गुन्द्रुक पकाउँछु । भोलि चाहिँ तरकारी किन्नु पर्छ ।’ सम्म भनेको थियो । बिहान उसलाई पटक पटक फोन गर्दा उसको फोन नउठेकोले डेरामा हेर्न आउँदा यस्तो अवस्थामा भेटें ।’

बुढाथोकीले खादाको पासो लागएर आत्महत्या गरिएको घटनास्थलमा हेर्दा देखिन्छ । ग्याँस सिलिण्डरमा चढी पङ्खामा पासो लागेको अवस्थामा घटनास्थलको प्रकृतिमा देखिएको थियो ।
बुढाथोकीले आत्महत्या गर्नुपूर्व सुसाइट नोट समेत छोडेको प्रहरीले जनाएको छ । सुसाइट नोटको आधारले हेर्दा उनले आत्महत्या गर्नुको कारण कसैको माया प्रेमको कारण रहेको अनुमान छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

गर्भावस्थाको ९ महिना : के गर्ने, के नगर्ने ?

Next Post

लकडाउनले जन्माएको “व्याड-जोडि”

Next Post
लकडाउनले जन्माएको “व्याड-जोडि”

लकडाउनले जन्माएको “व्याड-जोडि”

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.