भदौ २० । जनता भ्वाइस संवाददाता, रामेछाप
रामेछाप जिल्लामा आज फेरि ५ जना कोरोना संक्रमित भएका छन् ।
स्वास्थ्य मन्त्रालयले आज गरेको प्रेस ब्रिफिङ्का क्रममा ५ जनाका कोरोना पुष्टि भएको जनाएको हो । कोरोना संक्रमण हुनेहरुमा मन्थली नगरपालिका वडा नं. १ को १ जना २५ वर्षिय महिला र वडा नंं ११ का १ जना ४० वर्षिय पुरुष रहेका छन् ।
त्यस्तै रामेछाप नगरपालिका वडा नं. १ का ३४ वर्षिय पुरुष तथा ३९ र ७५ वर्षका पुरुषहरुको ठेगाना पहिचान हुन बाँकी रहको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।
उल्लेखित पाँचैजना काठमाडौंमा बसोबास गर्ने व्यक्तिहरु भएको बताइएको छ ।
यससँगै रामेछाप जिल्लामा कोरोना संक्रमित हुनेहरुको संख्या ९३ पुगेको छ । जसमध्येमा जिल्लाबाटै स्वाव संकलन गरि पठाइएका ४३ जना र बाँकी जिल्ला बाहिरबाट स्वाब परीक्षण गर्नेहरु रहेका छन् ।