Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

के हो यौन शिक्षा ? किन लिने ?

जनता भ्वाइस by जनता भ्वाइस
September 6, 2020
in स्वास्थ्य
0
के हो यौन शिक्षा ? किन लिने ?
0
SHARES
77
VIEWS
Share on FacebookShare on Twitter


निश्चय नै नेपालीहरूमा यौन शिक्षा लिने उपयुक्त माध्यम छैन । यौन सबैको अनिवार्य आवश्यकता हो तर यो कति आवश्यक हो भनेर हामी कहिल्यै सार्वजनिक चर्चा गर्दैनौं ।


मानव यौनिकतासँग जैविक, भावनात्मक, शारीरिक एवं आध्यात्मिक पक्षहरू हुन्छन् । जैविक पक्ष भन्नाले प्रजनन स्वास्थ्यसँग सम्बन्धित हुन्छ । भावनात्मक वा शारीरिक भन्नाले दुई व्यक्तिबीचको सामीप्यता र उसले प्रस्तुत गर्ने भावना, माया, विश्वास र हेरचाह पर्छन् । आध्यात्मिक पक्षमा दुई व्यक्तिबीच कुनै–कुनै कतै न कतै सम्बन्ध छ भन्ने बुझिन्छ ।


परम्पराअनुसार किशोर–किशोरी र कम उमेरका बालबालिकालाई यौनसम्बन्धी जानकारी दिइँदैन र यो विषयमा खुलेर कुरा गर्न नहुने मान्यता राखिन्छ । एउटा किशोर वा किशोरी विवाहका लागि तयार हुँदासम्म पनि यौनको विषयमा छलफल गरिँदैन । यौनका विषयमा धेरैजसो साथी, सञ्चार वा बाहिरी माध्यमबाट मात्र थाहा हुन्छ जसका कारण ती जानकारी अपर्याप्त हुने र त्यसले फरक मान्यता सिक्ने हुन्छ । यस्तो जानकारी किशोर–किशोरीको पहिलो चरणमा अपर्याप्त हुँदा यौनसँग सम्बन्धित विभिन्न विकृति आउन सक्छन् ।

किशोरावस्थामै यौनसँग सम्बन्धित बढी मात्रामा जिज्ञासा हुन्छन्, तर हामी जानी–नजानी त्यही बेलामा यौनका रहस्यमय विषयहरूमा किशोरावस्थामा रहेकाहरूलाई कम जानकारी दिइरहेका हुन्छौं । यसले गर्दा उनीहरूको खुल्दुली अझ व्यापक हुन्छ ।


पश्चिमा देशहरू तुलनात्मक रूपमा खुला भनिए पनि यौनका विषयमा आवश्यक र प्रभावकारी रूपमा जानकारी नदिइएका कारणले सानो उमेरमै गर्भवती हुने गरेको तथ्यहरूले देखाएका छन् । यौनजन्य रोग पनि ९० को दशकयता बढेको पाइएको छ ।

यसको कारण पनि यौनसँग सम्बन्धित प्रभावकारी र आवश्यक मात्रामा जानकारीहरूको अभाव नै हो । यिनै समस्याहरूलाई कम गर्न धेरै देशमा यौन शिक्षामा जोड दिइएको पाइन्छ यद्यपि अभिभावक एवं कतिपय धार्मिक समूहहरूले यौन शिक्षाको विरोध गरेको पनि पाइन्छ ।


यौन शिक्षाले पुरुष र महिलाको विशेषताका बारेमा अध्ययन गर्दै व्यक्तिको यौनिकताका बारेमा पनि वर्णन गर्छ । यौनिकता हरेक मानवका लागि महत्वपूर्ण हुन्छ, बालबालिका पनि यसमा समाहित हुन्छन् र उनीहरूलाई पनि आफ्नो पहिचान के हो भन्ने जान्ने उत्सुकता हुन्छ । यौन शिक्षाले सुरक्षा, प्रस्तुति, सुधार अनि विकासका बारेमा आफ्नो मूल्य–मान्यताले स्वीकार गरेको व्यवहारअनुसार वर्णन गर्छ ।


यौन शिक्षामा विभिन्न शारीरिक, मनोवैज्ञानिक एवं सामाजिक पक्षहरूलाई प्रतिक्रिया कसरी जनाउने र त्यसअनुसार प्रजनन हुने कुरा पनि पर्छ । यौन शिक्षा समाजमा स्वीकार्य व्यवहार वा अवधारणा प्रस्तुत गर्न दिइने यौनसम्बन्धी हरेक शिक्षा भन्ने बझिन्छ । यौन शिक्षा विद्यालय जाने बालबालिकालाई दिन सकिन्छ, जसले समाज एवं परिवारमा आउन सक्ने हरेक खतरालाई कम गर्छ ।

यौन शिक्षामा यौनिकताको शिक्षा पनि पर्छ । जस्तै, परिवार नियोजन, प्रजनन् स्वास्थ्य । –बच्चा गर्भमा आउने, राख्ने अनि पाउने– अनि आफ्नो शरीरको चित्र, यौनसँग सम्बन्धित धारणा, यौन आनन्द, मूल्य–मान्यता निर्णय लिने, संचार, सम्बन्ध, यौन रोगसँग कसरी बच्ने आदि ।


सात–आठ वर्षको उमेरदेखि नै यौन शिक्षा विद्यालय, अभिभावकबाट सुरु गर्न सकिन्छ । कतिपय देशमा यो विषयलाई विद्यालयकै पाठ्यक्रममा राखिएको छ । हेल्थ, विज्ञानजस्ता विषयमा प्रजनन् स्वास्थ्य, यौनरोग, शरीरका विषयहरूमा पढाइन्छ । हाम्रो देशमा पनि यी विषयहरू विद्यालयका केटाकेटीलाई कुनै न कुनै रूपले पढाइएको पाइन्छ ।

यी विषयहरूको सुरुवात भए पनि अझै खुलेर कुरा गर्ने, यौनिकताको चर्चा नगर्ने, अभिभावकले खुलेर भन्नेजस्ता कुराचाहिँ कमै छ । हाम्रो समाजमा यौन व्यवहारजस्तै हस्थमैथुन, विवाहअगाडिको यौन सम्बन्ध, स्वप्नदोष आदि विषयमा अझ खुलेर चर्चा भएको छैन ।


आमा–बुबालाई के भ्रम हुन्छ भने मेरा छोरा–छोरीले यौनसम्पर्क गरेका छैनन्, हस्तमैथुन पनि गर्दैनन् । अरूका सन्तानभन्दा सोझा छन् आदि । यथार्थ त्यसो होइन । समाजले यौनलाई एक किसिमको खुलेर कुरा गर्न हुँदैन भनेर मानेका कारण उनीहरू नखुलेका मात्र हुन् । यौन शिक्षाले यौन दुव्र्यवहार, यौनजन्य हिंसाजस्ता आपराधिक क्रियाकलापलाई पनि कम गर्छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

५ जना थपिए रामेछापमा संक्रमित, कूल संक्रमितको संख्या ९२ पुग्यो

Next Post

यता पालिकामा पनि उस्तै तनाव, किन निस्कियो कोरोना महामारी बीच जुलुश

Next Post
यता पालिकामा पनि उस्तै तनाव, किन निस्कियो कोरोना महामारी बीच जुलुश

यता पालिकामा पनि उस्तै तनाव, किन निस्कियो कोरोना महामारी बीच जुलुश

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.