भदौ २२ । जनता भ्वाइस संवाददाता, रामेछाप
साबुन पानीले हात धोऔं, कोरोनाको महामारीबाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं भन्ने अभियानका साथ आज मन्थली नगरपालिका वडा नं. ७ मा माक्स वितरण गरिएको छ ।
वडा नंं ७ को पहरेपानी स्थित मितेरी युवा क्लवको नेतृत्वमा सो वडाका टुनिबोटे, पोखरी, पहरेपानी र थाक्लेका ८९ घर परिवारलाई बिराज दान सप्लायर्स मन्थलीद्वारा २ सय ५० थान माक्स वितरण गरिएको हो । त्यस्तै अनेरास्ववियू जिल्ला संयोजक सागरहरि अधिकारीद्वारा १ सय थान वितरण भएको छ ।
नेकपाका नेता तथा निर्माण व्यवसायी रत्न गौतम, रामेछाप उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष श्याम थापा, नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य शुक्र माझी, नेकपाका नेता तथा युवा व्यवसायी देवेन्द्र श्रेष्ठ, नेपाल विद्यार्थी संघ बागमती प्रदेश प्रवक्ता रत्नहरि ढुङ्गेल, नेकपा जिल्ला कमिटि सदस्य राम तामाङ्, अगुवा युवा विपिन भट्टराई, अनुराग इन्टरप्राइजेज्, निर्माण व्यवसायी सुरेन्द्र कार्की र ७ नं. वडा सदस्य पवित्रा सार्की सहितको संयुक्त आर्थिक सहयोगमा ९ सय थान माक्स र २ सय ५० थान साबुन समेत वितरण गरिएको छ ।
उक्त सामग्री थाक्लेखोला क्लबका अध्यक्ष बलराम सार्की सहित् वडा सदस्य पवित्रा सार्की र थाक्लेखोला युवा क्लबका सचिव रमेश अछामीको नेतृत्वमा वितरण गरिएको उक्त युवा क्लबका उपाध्यक्ष छत्र मुग्रातीले जानकारी दिएका छन् ।





