Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मन्थली नगरस्तरीय बाल कविता प्रतियोगिता हुने

जनता भ्वाइस by जनता भ्वाइस
September 11, 2020
in शिक्षा, समाचार
0
मन्थली नगरस्तरीय बाल कविता प्रतियोगिता  हुने
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

भदौ २४ । जनता भ्वाइस संवाददता, रामेछाप


यस वर्षको अन्तराष्ट्रिय बाल दिवस मन्थली नगरपालिकाले कविता प्रतियोगिता गरी मनाउने निर्णय गरेको छ ।


‘विपद्मा बालबालिकाको सुनिष्चितता : हामी सबैको साझा प्रतिवद्धता’ भन्ने मूल नाराका साथ मनाउने लागिएको यस वर्षको अन्तराष्ट्रिय बालदिवसका अवसरमा नगरपालिकाले भर्चुअल पद्धतिबाट कविता प्रतियोगिताको आयोजना गरेको हो ।


प्रतियोगिता रेडियोको माध्यमबाट हुनेछ । रामेछाप डाँडामा रहेको हजुरको रेडियोले बालबालिकाहरुको कविता संकलन गर्नेछ भने बालबालिकाहरुले आफ्ना कविताहरु विभिन्न विद्युतीय माध्यमबाट मन्थली नगरपालिकाको शिक्षा शाखामा पठाउनु पर्ने प्रावधान समेत राखिएको छ ।


मन्थली नगरपालिकाका २२ वटै माध्यमिक तहका विद्यालयहरुका २–२ जना विद्यार्थीहरु सहभागिता हुनुपर्ने नगरपालिकाले जनाएको छ भने कविताहरु हजुरको रेडियो बालबालिकाहरुसँग समन्वय गरी संकलन गर्नेछ ।


आगामी भाद्र २७ गते बिहान ११ बजेसम्म आफ्नो कविता विद्युतीय माध्यमबाट पठाइसक्न पालिका क्षेत्रभित्रका विद्यालयहरुलाई नगरपालिकाले पत्राचार गरिसकेको छ ।


उक्त कविता प्रतियोगितमा गद्य र पद्य दुवै छन्दका कविताहरु समावेश हुन सक्नेछन् भने १ सय ५० शब्दमा समापन गर्नुपर्ने प्रावधान समेत नगरपालिकाले तोकेको छ ।


प्रतियोगी कविताहरु अन्तराष्ट्रिय बाल दिवस भदौ २९ गतेका दिन हजुरको रेडियो लगायत मन्थलीका सबै रेडियोहरुले एकसाथ प्रशारण गर्नेछन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

फुडबैंक संचालनको तयारीमा रासम, फुड प्याकेजिङको कार्य तिव्र गतिमा

Next Post

जिर्ण शालकिसँगै हराएको विपिको समाजवाद, समाजवादका धरोहरको शालकिकै कन्तविजोग (भिडियाे सहित्)

Next Post
जिर्ण शालकिसँगै हराएको विपिको समाजवाद, समाजवादका धरोहरको शालकिकै कन्तविजोग (भिडियाे सहित्)

जिर्ण शालकिसँगै हराएको विपिको समाजवाद, समाजवादका धरोहरको शालकिकै कन्तविजोग (भिडियाे सहित्)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...