Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

फुडबैंक संचालनको तयारीमा रासम, फुड प्याकेजिङको कार्य तिव्र गतिमा

जनता भ्वाइस by जनता भ्वाइस
September 11, 2020
in समाचार
0
फुडबैंक संचालनको तयारीमा रासम, फुड प्याकेजिङको कार्य तिव्र गतिमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भदौ २४ । जनता भ्वाइस संवाददाता, रामेछाप


रामेछापका सहयोगी मन (रासम) ले फुडबैंक सञ्चालनका लागि दाताहरुबाट प्राप्त सहयोगको प्याकेजिङको काम सम्पन्न गरेको छ ।

रासम सदस्यहरु फुड प्याकेजिङ् गर्दै । तस्वीर : जनता भ्वाइस

कोरोना भाइरस कोभिड १९ का कारण लकडाउनले गर्दा दैनिक श्रम गरी जीविकोपार्जन गरी छाक टार्ने वर्गलाई चुल्हो बाल्न समेत समस्या भएका कारण फुडबैंक मार्फत राशन उपलब्ध गराउने उद्देश्यले रासमले यस्तो कार्य गरेको हो ।


फुडबैंक संचालनका लागि केही दाताहरुले मन खोलेर सहयोग गरेको रासमले जनाएको छ । रासमको यस कार्यका लागि प्रथम चरणमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले ५ हजार रुपैयाँ बराबरको २५ प्याकेजको खाद्यान्न सहयोग गरेकी छिन् । त्यस्तै मन्थलीको नवीन स्टोरका संचालक विष्णुबहादुर मगरले १ सय ५० केजी मन्सुली चामल सहयोग गरिसकेका छन् भने अर्का प्रशिद्ध व्यवसायी श्याम थापाले १ हजार केजी चामल उपलब्ध गराउने बताएका छन् ।

रासमकाे फुडबै‌क सञ्चालनका लागि नवीन स्टाेरका सञ्चालक विष्णुबहादुर मगर चामल हस्तान्तरण गर्दै ।


रासमले खाद्यान्नको अभावमा भोकै बस्नुपर्ने श्रमजीवि वर्गका लागि यस्तो कार्य गरेको हो । रासमले उपलब्ध गराउने फुड प्याकेजमा २ केजी चामल, १ केजी नुन, आधा केजी दाल र १ पाउ सोयाविन (मस्यौरा) रहेको जनाएको छ ।


प्याकेजिङको कार्य जारी छ । त्यस कारण अझै केहिदिन फुड वितरण गर्न नसकिने रासमले जनाएको छ । मन्थलीका अन्य व्यवसायीहरुले समेत रासमले गरेको कार्यसँग सहकार्य गर्दै खाद्यान्न सहयोग गर्ने वचन दिएको रासम सदस्य विपिन भट्टराईले जनता भ्वाइसलाई जानकारी दिएका छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts

Previous Post

नेपाली काँग्रेसका नेता कोइरालामा कोरोना संक्रमण पुष्टि

Next Post

मन्थली नगरस्तरीय बाल कविता प्रतियोगिता हुने

Next Post
मन्थली नगरस्तरीय बाल कविता प्रतियोगिता  हुने

मन्थली नगरस्तरीय बाल कविता प्रतियोगिता हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...