Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

पालिका स्तरीय अस्पतालको जग बस्यो, सबै नागरिकहरुमा खुशी छाएको पालिका अध्यक्षको विश्वास

जनता भ्वाइस by जनता भ्वाइस
September 11, 2020
in राष्ट्रिय समाचार, समाचार
0
पालिका स्तरीय अस्पतालको जग बस्यो, सबै नागरिकहरुमा खुशी छाएको पालिका अध्यक्षको विश्वास
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

भदौ २५ । जनता भ्वाइस संवाददाता, रामेछाप


पालिका क्षेत्रकै स्थानीयहरुको विरोधलाई चिर्दै अन्ततः खाँडादेवी गाउँपालिकाले पालिका स्तरीय अस्पताल निर्माणको कार्यलाई सुरु गरेको छ ।


गाउँपालिका नजिकै रहेको गोगनपानी बजारभन्दा केही माथि सुलिथुम्का सामुदायिक वन सँगैको खाँडादेवी अस्पतालको ३ रोपनी जग्गामा १५ शैयाको अस्पताल बनाउने कार्य पालिका अध्यक्ष प्रेमबहादुर तामाङले आज शिल्यान्यास गरेका हुन् ।


प्रदेश र केन्द्र सरकारको कूल १५ करोड लागनीमा बन्न लागेको सो अस्पताल खाँडादेवी गाउँपालिका भित्रै सुविधा सम्पन्न बनाउने लक्ष्य रहेको अध्यक्ष तामाङ्ले जानकारी दिएका छन् ।
विगत केही दिन अघि आज भवनको शिल्यान्यास भएको जग्गाको विवाद् सतहमै आएको थियो । सोही पालिकाको माकादुमबासीले सो स्थानमा अस्पताल बनाउने कुराका विरोध गरेका थिए । विरोधका बाबजुद् समेत अध्यक्ष तामाङ्ले नागरिकहरुको प्रत्यक्ष सरोकार राख्ने स्वाथ्य जस्तो संवेदशील विषयमा विरोध गर्नेहरु विकास विरोधी भएको बताउँदै विरोधकै बाबजुद् भवन निर्माण कार्यको आरम्भ गरेका हुन् ।


खाँडादेवी गाउँपालिका उपाध्यक्ष मखमली श्रेष्ठ, नेकपाका नेता आनन्द श्रेष्ठ, मन्थली ७ नं. वडाका वडाध्यक्ष सुदर्शन प्रसाई र स्थनीयबासी लागयत ३० जना भन्दा बढीको उपस्थितिमा भवनको शिल्यान्यास भएको हो ।

भवनको शिल्यान्यास गरेपछि जनता भ्वाइससँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष तामाङ्ले भने, ‘केही सामान्य विरोध आएपनि आजबाट अस्पताल बनाउने काम सुरु भएको छ । यसले समग्र खाँडादेवी बासीलाई खुशी दिलाएको मैले महसुस गरेको छु । सकेसम्म चाँढो भन्दा चाँढो यो निर्माणको यात्रालाई सिध्याई पालिकाबासीलाई यहाँबाट सेवा प्रवाह गरिनेछ । आजको दिनसम्म यो अस्पताल निर्माणको कार्यमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्न चाहन्छु ।’


पालिकाले निमार्ण गर्ने अस्पतालको कार्यमा सबै पालिकाबासीलाई सहयोग गर्न समेत तामाङले आग्रह गरेका छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

जिर्ण शालकिसँगै हराएको विपिको समाजवाद, समाजवादका धरोहरको शालकिकै कन्तविजोग (भिडियाे सहित्)

Next Post

खुकुलो भयो लकडाउन, जिल्ला भित्र सवारी साधन चलाउन पाईने

Next Post
रामेछापमा मास्क नलगाई घरबाहिर निस्किनेलाइ कार्बाही,

खुकुलो भयो लकडाउन, जिल्ला भित्र सवारी साधन चलाउन पाईने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.