Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

खुकुलो भयो लकडाउन, जिल्ला भित्र सवारी साधन चलाउन पाईने

जनता भ्वाइस by जनता भ्वाइस
September 11, 2020
in समाचार
0
रामेछापमा मास्क नलगाई घरबाहिर निस्किनेलाइ कार्बाही,
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप,२५ भदौ ।

आज प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको जिल्ला स्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (DCCMC) को बैठकबाट लकडाउनलाई केहि खुकुलो बनाइको छ । भदौ २५ गते देखि राती १२:०० बजे देखि स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गर्ने गरी अर्को निर्णय नभएसम्म नयाँ नियमहरू लागु हुने बताईएको छ ।

सञ्चालन गर्न पाइने

-अत्यावश्यक सेवा अन्तर्गतका औषधी पसल र स्वास्थ्य सामग्री विक्री गर्ने पसलहरु नियमित सञ्चालन गर्ने।

-स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पूरा गरेर खाद्य बस्तु, दुध, तरकारी, फलफूल, माछामासु, स्टेशनरी, इलोक्ट्रोनिक अन्य पसलहरु दिउँसो ४:00 बजे सम्म मात्र सञ्चालन गर्ने

– स्वास्थ्यको मापदण्ड पालना गरी टक अवे सेवा साथै अनलाइन डेलिभरी सेवा सञ्चालन गर्ने ।

– अत्यावश्यक सेवा र मालवाहक सवारी साधन बाहेकका जिल्ला भित्र सञ्चालन हुने पालिका देखि सदरमुकामसम्म मात्र यात्रु वहाक सवारी साधन सञ्चालन गर्ने । सार्वजनिक सवारी साधन सञ्चालन गर्दा सिट क्षमताको ५०प्रतिशत भन्दा बढी नहुने गरी यात्रु राख्ने यात्रु बिच भौतिक दूरी कायम गराउने, चालक र सह-चालकले अनिवार्य मास्कको प्रयोग गर्ने, ढोकामा स्यानीटाइजरको व्यवस्था गर्ने र दैनिक रुपमा साधनलाई निसंक्रमित गर्नु पर्नेछ । सवारी साधन विहान ५:00 बजे देखि साँझ ६ बजे सम्म मात्र सञ्चालन गर्ने, जिल्ला भित्र रहेका साधनलाई मात्र सञ्चालन गर्ने ।

– जनसम्पर्क बढी हुने कार्यालयले सकेसम्म Online, E-service, Token System र तोकिएको सेवाग्राहीको संख्याका आधारमा सेवाग्राहीको भिड नहुने गरी सेवा सञ्चालन गर्ने ।

– स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना गरी/गराई उद्योग व्यवसाय सञ्चालन गर्न ।

– बैक वित्तीय संस्था/सहकारी कार्यालयहरुले नेपाल राष्ट्र बैंकले तोकेको वा न्यूनतम कर्मचारीबाट सेवा दिने व्यवस्था मिलाउने ।

– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तोके अनुरुप Online कक्षा सञ्चालन गर्ने ।

2. सञ्चालन गर्न नपाइने कार्यहरु

-हाटबजारमा पसल/व्यापार सञ्चालन गर्न ।

– शैक्षिक संस्थाहरु तथा कक्षा सञ्चालन गर्न ।

– कुनै पनि प्रकारको मेला, महोत्सव, गोष्ठी, सेमिनार, सामूहिक जमघट, सभा, जुलुस, मनोरञ्जनस्थल, सैलुङ्न, पार्लर, होटल, हेल्थ क्लब, खेलकुद कार्यहरु गर्न ।

-अत्यावश्यक सेवा बाहेकका बैठक, तालिम सञ्चालन गर्न ।

-दैनिक रुपमा घर परिवार भित्र हुने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरु सञ्चालन तथा जमघट गर्न ।

– यस जिल्लाको प्रवेश नाका सेलेघाट, खैरेनीघाट, लुभुघाट, नवलपुरघाट, खिम्ति, धारापानी, साँघुटार लगायत प्रवेश नाकाहरुबाट बेलुका ७:00 बजे देखि विहान ५:00 बजे सम्म पैदल आवात जावत गर्न ।

-. सहकारी, वित्तीय संघ/संस्थाहरुले समुदायमा गई बचत संकलन गर्न ।

-मापदण्ड विपरीत आयोजनामा कामगर्ने कामदार ओसार पसार गर्न ।

३. कोभिड-१९ संक्रमित व्यक्तिको व्यवस्थापन र स्वाव पठाउनको लागि एम्बुलेन्सको अभाव हुन नदिन यस पूर्व सबै पालिकामा तोकिएका कोभिड-१९ मैत्री एम्बुलेन्सलाई यथावत नै सञ्चालन गर्ने व्यवस्था सम्बन्धित पालिकाले गर्ने । 

४. कोभिड-१९ को संक्रमित विरामीको व्यवस्थापनको लागि एम्बुलेन्सलाई Stand by राख्न आवश्यक भएकोले गेलु प्राथमिक स्वास्थ्य केन्द्रको बा २ झ ४४६२ नम्बरको एम्बुलेन्सलाई कोभिड-१९ को समय भरी सम्पूर्ण खर्च व्यवस्थापन मन्थली नगरपालिकाले गर्ने गरी नगरपालिकाकै हाता भित्र Stand by राख्ने र त्यसै गरी रामेछाप नगरपालिकाको बा १२ च ५५५५ नम्बरको एम्बुलेन्सलाई रामेछाप नगरपालिकाले सम्पूर्ण खर्च व्यवस्थापन गर्ने गरी  Stand by राख्ने ।

५. कुनै पनि पेशा, व्यवसाय, सेवा सञ्चालन गर्दा जनस्वास्थ्य मापदण्ड र सुरक्षा मापदण्ड पालना गर्ने/गराउने], सम्बन्धित व्यक्ति, निकाय/संस्थाको कर्तव्य हुनेछ । निषेधित सेवा तथा कार्य सञ्चालन भएमा प्रचलित कानून बमोजिम कार्वाही हुनेछ ।  

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

पालिका स्तरीय अस्पतालको जग बस्यो, सबै नागरिकहरुमा खुशी छाएको पालिका अध्यक्षको विश्वास

Next Post

यात्रामा (कथा)

Next Post
यात्रामा (कथा)

यात्रामा (कथा)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...