Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बल्ल ‘टुंगियो’ नेकपाको आन्तरिक विवाद

जनता भ्वाइस by जनता भ्वाइस
September 12, 2020
in समाचार
0
बल्ल ‘टुंगियो’ नेकपाको आन्तरिक विवाद
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद साढे दुई महिनापछि टुंगिएको नेकपा नेताहरुले दाबी गरेका छन् ।

असार १० गतेबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठक शुक्रबार टुंगिएको हो । स्थायी कमिटी बैठक जारी रहँदै एकाएक प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरिएको नेकपाको आन्तरिक विवाद चुलिएको छ ।


शुक्रबार बसेको स्थायी कमिटी बैठक आजैबाट समाप्त भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले भने, “आजको बैठकमा दुई जना अध्यक्षहरुले आफ्नो प्रस्ताव प्रस्तुत गर्नुभयो । जुन प्रस्ताव बिहीबार नै सबै स्थायी कमिटी सदस्यहरुलाई अध्ययनका लागि उपलब्ध गराइएको थियो । उक्त प्रस्तावमा १३ जना स्थायी कमिटीका सदस्यहरुले आफ्नो धारणा राख्‍नुभएको छ ।”

प्रवक्ता श्रेष्ठका अनुसार रघु पन्त, भिम आचार्य, लिलामणी पोखरेल, देव गुरुङ, माधवकुमार नेपाल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुषाल, मातृका यादव, भिम रावल, अमृत बोहोरा, झलनाथ खनाल र प्रवक्ता आफैंले उक्त प्रस्तावमा आफ्नो धारणा व्यक्त गरेका थिए ।

बैठकमा स्थायी कमिटीका सदस्यहरुले आफ्नो धारणा राखिसकेपछि अध्यक्ष प्रचण्ड उक्त धारणाहरुमाथि आफ्नो विचार व्यक्त गरेकोसमेत प्रवक्ता श्रेष्ठले बताए । बिहीबार लिखितरुपमा पठाएका सुझाव र शुक्रबार उठाइएका प्रस्तावहरुलाई समेट्‍ने गरी बैठकले पारित गरेको छ ।

जसमा पार्टी एकताको ऐतिहासिक महत्वलाई आत्मसाथ गर्दै पार्टी एकतालाई थप सुदृढ बनाउने संकल्प प्रस्ताव पारित गरेको, पार्टी सञ्‍चालनमा भएका कमिकमजोरीलाई सच्याउने र आगामी दिनमा पार्टी विधि र पद्धती अनुसार अघि बढाउने निर्णय गरेकोसमेत प्रवक्ता श्रेष्ठले बताए ।

उनले थपे, “त्यसैगरी अध्यक्षको कार्यविभाजनको सन्दर्भमा प्रधानमन्त्रीले सरकारको नेतृत्व गर्ने र प्रचण्डले पार्टी कामको नेतृत्व गर्ने निर्णय भएको छ । सरकार पार्टीको मार्गनिर्देशनमा सञ्‍चालन हुने र दैनिक काममा पार्टीले हस्तक्षेप नगर्ने र महत्वपूर्ण निर्णयहरु लिँदा पार्टीका मार्गनिर्देशनलाई केन्द्रमा राखेर निर्णय गर्ने । यसरी राष्ट्रिय महत्वका निर्णयहरुमा सचिवालय र दुई अध्यक्षको परामर्शमा सरकारले निर्णय लिनेसमेत निर्णय भएको छ ।”

त्यसैगरी पार्टीको महाधिवेशन ०७७ चैत २५-३० गतेसम्म काठमाडौंमा आयोजना गर्ने पनि निर्णय भएको जनाइएको छ । त्यसको तयारीका लागि पार्टी केन्द्रीय कमिटीको बैठक कात्तिक १५-१७ सम्म बस्‍ने निर्णय गरेको छ ।

त्यसैगरी पार्टीले नेपाल-भारत सीमा समस्या समाधानका लागि र नेपाली भूमिमा रहेका विदेशी सेनालाई फिर्ता पठाउने गरी सरकारले चालेको कदमप्रति सरकारलाई धन्यावद दिएकोसमेत पार्टी प्रवक्ता श्रेष्ठले बताएका छन् ।

उनले भने, “अब भारतसँग राजनीतिक र कूटनीतिक वार्तामार्फत नै सीमा समस्या समाधान गर्न आवश्यक भएको निष्कर्ष पार्टीले निकालेको छ । सरकारले यस विषयमा लिएको पहललाई अझ प्रभावकारी रुपमा अघि बढाउने भएको छ ।”

कोभिड-१९ का बारेमा सरकारले अहिलेसम्म लिएको नीति, योजना र कार्यक्रमलाई सकारात्मक रुपमा लिँदै यसको प्रभावकारी नियन्त्रणमा लिँद यसको समाधानका लागि राष्ट्रिय एकताका साथ अघि बढ्ने पनि स्थायी कमिटीले निर्णय गरेको छ । फ्रन्टलाइनमा रहेका चिकित्सकलगायतका पेशाकर्मीको चासोलाई सम्बोधन गर्ने निर्णय गरेको छ ।

एमसीसीको हकमा यसलाई आवश्यकता अनुसार संसोधन र परिमार्जन गरी अनुमोदन गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनले भने, “परिमार्जनको विषयमा झलनाथ खनाल नेतृत्वको टोलीले तयार गरेको प्रतिवेदनलाई आधार बनाएर पार्टीभित्र थप छलफल गर्ने निर्णय भएको छ ।

उनले भने, “प्रधानमन्त्री ओलीले पार्टी एकताको नयाँ उचाईमा पुगेको र अन्तरविरोध र देशीविदेशी शक्तिहरुले पार्टी फुटाउने विषयमा असफल भएको बताउनुभएको थियो ।”बाह्रखरिले लेखेको छ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

यात्रामा (कथा)

Next Post

अपहरण तथा शरीर बन्धक बनाई फिरौती रकम मागेको अभियोगमा ३ जना पक्राउ

Next Post
सामाजिक संजाल प्रयोग गरी ठगी गरेको अभियोगमा ७ जना पक्राउ

अपहरण तथा शरीर बन्धक बनाई फिरौती रकम मागेको अभियोगमा ३ जना पक्राउ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.