Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

अपहरण तथा शरीर बन्धक बनाई फिरौती रकम मागेको अभियोगमा ३ जना पक्राउ

जनता भ्वाइस by जनता भ्वाइस
September 12, 2020
in समाचार
0
सामाजिक संजाल प्रयोग गरी ठगी गरेको अभियोगमा ७ जना पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
भदौ २६ काभ्रेपलाञ्चोक ।


 अपहरण तथा शरीर बन्धक बनाई फिरौती रकम मागेको अभियोगमा ३ जनालाई धुलिखेल नगरपालिका-४ स्थित अठ्ठाईस किलो क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-१२ तिनघरे घर भई हाल धुलिखेल नगरपालिका-४ स्थित अठ्ठाईस किलो डेरा गरी बस्ने १९ वर्षीय आकाश परियार, उनकी श्रीमती २१ वर्षीया सविना तामाङ र बेथानचोक गाउँपालिका-४ चलालगणेशस्थान घर भई हाल धुलिखेल नगरपालिका-४ स्थित अठ्ठाईस किलो डेरा गरी बस्ने २१ वर्षीया उमा परियार रहेका छन् ।


पाँचखाल नगरपालिका-१२ देवभूमि घर भएका २३ वर्षीय राज कुमार दनुवारलाई बुधबार दिउँसो धुलिखेल नगरपालिका-४ स्थित अठ्ठाईस किलोमा ४/५ जनाको अपरिचित समूहले अपहरण गरी बन्धक बनाई ५० हजार रुपैयाँ माग गरेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले खोजी गर्ने क्रममा सोही दिन बेलुका बनेपा नगरपालिका-१० बुडोलबाट राजकुमारलाई सकुशल उद्दार गरेको थियो ।


उक्त घटनामा संलग्न व्यक्तिहरुको खोजी तथा अनुसन्धान गर्ने क्रममा आकाश र सविनालाई बिहीबार र उमालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।


प्रारम्भिक अनुसन्धानको क्रममा सबिनाले पीडितलाई फोन सम्पर्क गरी भेटघाट गर्न बोलाएको, सबिना र उमाले धुलिखेल नगरपालिका-४ स्थित अठ्ठाईस किलोमा भेट गरी सबिनाले जंगलतर्फ लिई गएको, जंगलको एकान्त स्थानमा पुगी कुराकानी गरी बसीरहेको अवस्थामा आकाश लगायत अन्य व्यक्तिहरुले पूर्व योजना अनुसार राज कुमारलाई नियन्त्रणमा लिई बन्धक बनाई ५० हजार रुपैयाँ फिरौती माग गरेको खुल्न आएको छ ।


उनीहरू उपर मुलुकी अपराध संहिता, २०७४ बमोजिम अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

@NepalPolice

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

बल्ल ‘टुंगियो’ नेकपाको आन्तरिक विवाद

Next Post

कोभिड-१९ सम्बन्धी झुट्टा अफवाह फैलाएको अभियोगमा २ जना पक्राउ

Next Post
कोभिड-१९ सम्बन्धी झुट्टा अफवाह फैलाएको अभियोगमा २ जना पक्राउ

कोभिड-१९ सम्बन्धी झुट्टा अफवाह फैलाएको अभियोगमा २ जना पक्राउ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.