Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

थापालाई केन्द्रीय सदस्यको सुझाव : सिद्धान्तमा सम्झौता नगर्नोस्

जनता भ्वाइस by जनता भ्वाइस
September 15, 2020
in समाचार
0
थापालाई केन्द्रीय सदस्यको सुझाव : सिद्धान्तमा सम्झौता नगर्नोस्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भदौ २९ । काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई पार्टीका केन्द्रीय सदस्यहरुले सिद्धान्तमा कुनै हालतमा पनि सम्झौता नगर्न सुझाव दिएका छन् ।

काठमाण्डौ उपत्यकामा उपलब्ध रहेका केन्द्रीय सदस्यहरुसँग छलफल र अन्तक्र्रियाको निमित्त थापाले आज केन्द्रीय कार्यालय धुम्बाराहीमा अनौपचारिक बैठक बोलाएका थिए । भौतिकदूरी कायम राख्दै संचालन गरिएको बैठकमा ७५ केन्द्रीय सदस्यहरु सहभागी थिए ।


बैठकमा बोल्ने अधिकाँश केन्द्रीय सदस्यहरुले सैद्धान्तिक र वैचारिक पक्षलाई सम्झौता गर्न नसकिनेमा जोड दिए । राप्रपाको पुँजी र जग भनेको सैद्धान्तिक पक्ष हो, त्यो पक्षलाई नजर अन्दाज गरी अगाडि बढे पार्टीको भविष्य संकट ग्रस्त हुने भन्दै नेताहरुले राजनीतिमा प्राविधिक पक्षभन्दा सैद्धान्तिक पक्ष प्रवल हुने धारणा राखेका थिए ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष कमल थापाले राजसंस्था सहितको लोकतन्त्र, सनातन हिन्दु राष्ट्र र स्थानीय स्वायत्त शासनमा आधारित सम्बद्र्धनवादको विचारलाई स्थापित गर्नको निमित्त सबैले आ–आफ्नो ठाउँबाट योगदान दिनु पर्ने आवश्यकता औंल्याए ।


राप्रपाले बोकेको मान्यतालाई कमजोर हुन नदिन नेतृत्वको तर्फबाट आफूले खेल्नु पर्ने भूमिकामा कुनै कसर बाँकी नराख्ने भन्दै थापाले संगठन केन्द्रीत भएर आगामी निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला जिल्लामा साँगठनिक गतिविधि गर्न नेताहरुलाई आग्रह गर्नु भयो ।
मुलुकमा विकृति, विसंगति, भ्रष्टाचारले जनता वाक्क दिक्क भएको र नयाँ वैकल्पिक शक्तिको खोजिमा जनता रहेकोले त्यो जनताले खोजेको विकल्प राप्रपा बन्ने गरी आगामी दिनमा कार्य गर्नु आजको आवश्यकता भएको थापाको तर्क थियो ।

बैठकमा पार्टीका नेताहरु दिपक बोहोरा, बुद्धिमान तामाङ्ग, राजीव पराजुली, राजेन्द्र लिङदेन, निरञ्जन थापा, भास्कर भद्रा, चन्द्रबहादुर गुरुङ्ग लगायतको उपस्थिति रहेको सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए । यस अघि जिल्लामा रहेका नेताहरुलाई भर्चुअल बैठक गरेका थापाले छलफल अन्तरक्रियालाई आगामी दिनमा पनि जारी राख्नु हुने बर्तौलाले बताए ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

असोज १ गतेदेखि खाँडादेवीको विद्यालयहरु खुल्ने, कक्षा संचालनको तयारी यस्तो छ

Next Post

मल नल्याउने शैलुङ र होनीको कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस

Next Post
मल नल्याउने शैलुङ र होनीको कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस

मल नल्याउने शैलुङ र होनीको कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.