Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

असोज १ गतेदेखि खाँडादेवीको विद्यालयहरु खुल्ने, कक्षा संचालनको तयारी यस्तो छ

जनता भ्वाइस by जनता भ्वाइस
September 14, 2020
in राष्ट्रिय समाचार, शिक्षा, समाचार
0
भाडा छुट् निर्णय उल्ट्याउँदै कमलामाई नगरपालिका
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

भदौ २९ । जनता भ्वाइस संवाददाता, रामेछाप ।
जिल्लाको खाँडादेवी गाउँपालिकाले आगामी असोज १ गतेदेखि विद्यालयहरुमा पठनपाठन सुरु गर्ने भएको छ ।


पालिकाभित्र रहेका सम्पूर्ण विद्यालयहरुको पठनपाठन ३ सिफ्टमा संचालन गरिने पालिका अध्यक्ष प्रेमबहादुर तामाङ्ले जानकारी दिएका छन् ।


बिहान ७ देखि ११, बिहान ११ देखि दिउँसो २ र दिउँसो २ देखि अपरान्ह ५ बजेसम्म विद्यालयहरु संचालन गरिने भएको हो ।


आज पालिका क्षेत्रभित्रका विद्यालयका प्रधानाध्यापकहरुको बैठकमा यस्तो निर्णय भएको हो । विद्यालय संचालन गर्दा नेपाल सरकारले निर्धारण गरेको कोरोना रोकथाम तथा सतर्कताका मापदण्डहरुलाई उच्च रुपमा पालना गरिने तयारी भएको छ ।


जनता भ्वाइससँग कुराकानी गर्दै अध्यक्ष तामाङ्ले भने, ‘लामो समयदेखिको विद्यालयको पठनपाठन बन्द हुँदा आम विद्यार्थीहरुमा समस्या परेको छ । कोरोनाको प्रभाव कति समयसम्म चल्ने भन्ने कुनै टुङ्गो नभएको कारण उच्च सतर्कता अपनाएर विद्यालयहरु संचालन हुने तयारीमा छन् । भोलि कुनै संक्रमणको सम्भावनको संकेत देखियो भने पनि यो कार्य बन्द गर्नेछौं । जति बेलासम्म चलाउन सकिन्छ चलाउन त परिहाल्यो ।’

खाँडादेवी सहित् जिल्लाका अन्य पालिकाहरुमा पनि विद्यालयको नियमति पठनपाठन संचालन गर्ने सम्बन्धी तयारी भइरहेको जानकारी प्राप्त भएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

असोज ६ देखि विद्यालय खुल्छ : अध्यक्ष सुनुवार

Next Post

थापालाई केन्द्रीय सदस्यको सुझाव : सिद्धान्तमा सम्झौता नगर्नोस्

Next Post
थापालाई केन्द्रीय सदस्यको सुझाव : सिद्धान्तमा सम्झौता नगर्नोस्

थापालाई केन्द्रीय सदस्यको सुझाव : सिद्धान्तमा सम्झौता नगर्नोस्

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.