Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सिटौला भन्छन्, ‘पार्टीको आगामी अधिवेशन निष्पक्ष नहुन सक्छ’

जनता भ्वाइस by जनता भ्वाइस
September 15, 2020
in समाचार
0
मल नल्याउने शैलुङ र होनीको कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

भदौ २९ । जनता भ्वाइस
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको आगामी १४ औं महाधिवेशन निष्पक्ष ढंगबाट सम्पन्न हुनेमा शंका उत्पन्न भएको बताएका छन् ।


पार्टीका केन्द्रीय पदाधिकारी, जिल्ला नेतृत्व साथै आम कार्यकर्ताहरुले नै आगामी महाधिवेशन निष्पक्ष हुन नसक्ने बताइरहेका बेला यसतर्फ सबै सचेत हुनुपर्ने बताएका हुन् । सोही प्रशिक्षण कार्यक्रममा कम्युनिष्ट सत्ताले संविधान र संघीयता सिद्ध्याउनै लागेको कांग्रेस उपसभापति बिमलेन्द्र निधीको आरोप लगाए ।


केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्रदेश नम्बर १ अन्तर्गतको मेची अन्चलका नेता कार्यकर्ताहरुसँगको जुम प्रशिक्षणका क्रममा नेता सिटौलाले १४ औं महाधिवेशनबाट सर्वसहमतिमा नेतृत्व चयन हुन सक्ने अवस्था पनि नरहेको औंल्याए ।


नेता सिटौलाले यस्तै तरिकाले पार्टी नचल्ने भएकाले देशको संरक्षकका रुपमा भूमिका निर्वाह गर्न पार्टीको नवजीवन आवश्यक रहेको बताए । अबको नेतृत्वले बामपन्थीलाई मत दिएका जनताको मन जित्न र देशको संरक्षक बन्न जरुरी रहेको औल्याए । उनले तुरुन्तै केन्द्रीय समिति बैठक ढाकेर महाधिवेशनको खाका तयार गर्न र देखिएका समस्या समाधान गर्न जरुरी रहेको बताए ।


फरक प्रशंगमा नेता सिटौलाले कम्युनिष्ट सरकार शासन प्रणालीलाई अधिनयावादतर्फ उद्दत रहेकाले यसलाई रोकेर लोकतान्त्रीक शासन व्यवस्थालाई स्थापित् गर्न कांग्रेसको भूमिका महत्वपूर्ण हुने बताए ।


कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कम्युनिष्टसँग प्रतिस्पर्धा गर्न पार्टीलाई प्रविधिमैत्री बनाउँदै युवाहरुलाई आकर्षित गर्नुपर्ने बताए । कार्यक्रममा केन्द्रीय सदस्य भिष्मराज आङदम्बे, सरिता प्रसाइँ, नेता केशव कुमार बुढाथोकी झापाका सभापति सुधिर सिवाकोटी, इलाम जिल्लाका सभापति हिमालय कर्माचार्य लगायतले आफ्नो धारणा राखेका थिए ।

त्यस्तै नेपाली काँग्रेसका नेता शङ्कर भण्डारीले पार्टीलाई पुनःजीवित गराउन आवश्यक रहेकोमा जोड दिएका छन् । आज तनहुँको दमौलीमा उनले कमजोर बन्दै गएको पार्टीलाई बलियो बनाउन पुनःजीवित र पुनःसङ्गठनको आवश्यकता रहेको बताएका हुन् । पूर्वमन्त्री समेत रहेका भण्डारीले काँग्रेस बलियो भए मात्रै लोकतन्त्र बलियो हुने भएकाले त्यसतर्फ सबै नेता तथा कार्यकर्ता लाग्नुको विकल्प नभएको बताए ।


काँग्रेसले स्पष्ट नीति बनाउन नसक्ने र आफ्नै मौलिकता र पहिचान जोगाउन नसक्ने हो भने काँग्रेस समाप्त हुने पनि उनले चेतावनी दिए । उनले राष्ट्रवादी शक्तिलाई जोड्न नसके काँग्रेस पनि समाप्त हुने र काँग्रेस समाप्त हुँदा लोकतन्त्र पनि समाप्त हुनेतर्फ सचेत गराए । नेपाली काँग्रेसका जिल्ला सचिव विश्व बाँस्तोलाले सुशासन र पारदर्शीतामा सरकार कमजोर रहे पनि प्रमुख प्रतिपक्षी दलले सरकारविरुद्ध आवाज उठाउन नसकेको बताएका छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

मल नल्याउने शैलुङ र होनीको कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस

Next Post

ललितलाई काठमाडौं ल्याइयो

Next Post
ललितलाई काठमाडौं ल्याइयो

ललितलाई काठमाडौं ल्याइयो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.