Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

ललितलाई काठमाडौं ल्याइयो

जनता भ्वाइस by जनता भ्वाइस
September 14, 2020
in खेलकुद
0
ललितलाई काठमाडौं ल्याइयो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


दुर्घटनामा परेर घाइते भएका राष्ट्रिय क्रिकेट टोलीका बायाँ हाते तीव्र गतिका बलर ललितसिंह भण्डारीलाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ ।

ललितलाई सिम्रिक एरको हेलिकप्टरमार्फत काठमाडौंमा रहेको ग्रान्डी अस्पतालमा थप उपचारको लागि ल्याइएको हो ।

आइतबार झलारी बजारमा ललित र उनका नातेदार करण ठगुन्ना सवार मोटरसाईकललाई ट्रकले ठक्कर दिँदा ललित गम्भीर घाइते भएका थिए । अचेत अवस्थामा रहेका ललितलाई धनगढीको निसर्ग अस्पताल हुँदै गएराती नै बाँकेस्थित कोहलपुर शिक्षण अस्पतालमा उपचार ल्याइएको थियो ।

ललितलाई आइतबार राती ११ बजे धनगढीबाट कोहलपूर ल्याइएको थियो । थप उपचारको लागि उनलाई ग्रान्डीमा ल्याउन लागिएको हो । दुर्घटनामा परि ललितको दायाँ हात, खुट्टा, टाउको र छातीमा चोट लागेको थियो । हातको कुम, एंकल लगायतका भागहरुमा चोट लागेको छ । उनको खुट्टा र हातको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको छ ।

नेपाल क्रिकेट संघ ९क्यान० का अध्यक्ष चतुरबहादुर चन्दले उपचारमा संलग्न हुने सम्पूर्ण चिकित्सक एवंम मेडिकल टिमलाई उपचारमा सक्रिय भएर सहयोग गरिदिन अनुरोध गरेका छन् । चन्दले श्रीघ स्वास्थ्य लाभको कामना गर्दै संघको तर्फबाट समन्वय र सहयोग रहने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् ।

त्यस्तै राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले पनि राष्ट्रिय क्रिकेट टोलीको तर्फबाट आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । ज्ञानेन्द्रले सम्बन्धित सरकारवाला निकायको गम्भिर ध्यानआकर्षण समेत गराएका छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सिटौला भन्छन्, ‘पार्टीको आगामी अधिवेशन निष्पक्ष नहुन सक्छ’

Next Post

एसजी छाड्न चाहन्छन् एम्बाप्पे

Next Post
एसजी छाड्न चाहन्छन् एम्बाप्पे

एसजी छाड्न चाहन्छन् एम्बाप्पे

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.