Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

ल्यापटप र कम्प्युटरले बालबालिकाको हित नगर्ने विज्ञहरुको सुझाव

जनता भ्वाइस by जनता भ्वाइस
September 14, 2020
in समाचार
0
ल्यापटप र कम्प्युटरले बालबालिकाको हित नगर्ने विज्ञहरुको सुझाव
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

भदौ २९, काठमाडौं ।
कोरोना महामारीको विषम स्थितिमा बालबालिकाको मनोसामाजिक पक्ष, वैकल्पिक सिकाइको निरन्तरता र उपर्युक्त आहार विहारमा विज्ञले जोड दिएका छन् ।


मदन भण्डारी फाउण्डेशनले राष्ट्रिय बाल दिवस २०७७ का अवसरमा ‘बाल विकासमा कोरोना महामारीले पारेको असरबारे विषयगत विज्ञ र बालबालिकासँग आज आयोजना गरेको संवादमा अभिभावकले सहयोगी वातावरण दिनुपर्ने र बालबालिकले कोरोनालाई त्रासका रुपमा नलिइ सुरक्षित रही शैक्षिक क्रियाकलापमा सम्पग्न हुनुपर्ने सुझाव उनीहरुले दिए ।


अनलाइन सिकाइका क्रममा धेरै समय मोबाइल र ल्यापटपमा पनि झुम्मि रहन नहुने विज्ञको राय छ । कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सरकारले बाल अधिकारको संरक्षणका लागि आवधिक नीति र कार्यक्रम तर्जुमा गरेको बताउँदै वैकल्पिक सिकाईको प्रभावबारे मूल्याङ्कन गरेर अघि बढ्न सम्बन्धित मन्त्रालय बीच परामर्श भइरहेको जनाए ।


शिक्षाविद् प्रा‍.डा. वासुदेव काफ्लेले बालबालिकालाई उनीहरुकै सहभागितामा सिकाई निरन्तरता दिनुपर्ने सुझाव दिँदै लामो समयसम्म यस्तो अवस्था नहरने भएकाले विद्यालय खोल्ने समय आउने अपेक्षा व्यक्त गरे ।


जनस्वास्थ्य विज्ञ डा. अरुणा उप्रेतीले तयारी तथा बजारु खाना नखान र सरसफाईमा ध्यान बालबालिकालाई आग्रह गरिन् । मनोविज्ञ डा. गङ्गा पाठकले लामो समय घरमै रहँदा बालबालिकाले एक्लोपन महसुस गर्ने र झर्किने खालको हुन सक्ने भएकाले तिनको भावना बुझेर अभिभावकले सहयोगी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

राष्ट्रिय झन्डा जलाएको भिडियो बनाएका गायकलाई पूर्पक्षको लागि थुनामा, बाँकीलाई धरौटीमा रिहा

Next Post

महिलालाई खाडी मुलुकमा काममा जान रोक लगाउनुपर्ने सांसदहरुको माग

Next Post
महिलालाई खाडी मुलुकमा काममा जान रोक लगाउनुपर्ने सांसदहरुको माग

महिलालाई खाडी मुलुकमा काममा जान रोक लगाउनुपर्ने सांसदहरुको माग

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.