एक म्युजिक भिडियोमा राष्ट्रिय झन्डा जलाएको विषयमा प्रहरीले पक्राउ गरेकामध्ये एक जनालाई पूर्पक्षको लागि थुनामा पठाएको छ। जिल्ला अदालत काठमाडौंले गायक ग्याल्जेन दोर्जे तामाङलाई थुनामा पठाउन निर्णय गरेको हो ।
त्यस्तै बाँकी ८ जनालाई भने धरौटीमा रिहा गर्न निर्देशन दिएको छ। गायक तामाङले ुमंगोल हप अफिसियलु नाम च्यानलले युट्युबमा ुदेशद्रोहीु बोलको भिडियो अपलोड गरेका थिए। त्यही भिडियोमा नेपालको राष्ट्रिय झन्डा जलाएको दृष्य राखिएको छ।
भिडियो अपलोड भएपछि सामाजिक सञ्जालमा चर्को विरोध भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । कानुनअनुसार राष्ट्रिय झन्डा जलाउने तथा गलत प्रयोग गर्नेलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरीवाना वा दुवै कारवाही गर्ने व्यवस्था रहेको छ।
गीतमा जातीय सद्भाव बिथोल्ने शब्दहरु पनि प्रयोग गरिएको छ । भिडियो मकवानपुर सल्लेनी वडा ३ स्थित विष्णु आधारभूत विद्यालय नजिकै खिचिएको देखिन्छ।