Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

पठनपाठन सुरु गर्ने विषयमा विद्यालयहरु अन्यौलमा, सरकारको निर्देशिका पालन गर्न कठिनाई

जनता भ्वाइस by जनता भ्वाइस
September 20, 2020
in राष्ट्रिय समाचार, समाचार
0
पठनपाठन सुरु गर्ने विषयमा विद्यालयहरु अन्यौलमा, सरकारको निर्देशिका पालन गर्न कठिनाई
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

असोज ३ । रामेछाप ।
लामो दूरीका सवारी साधन र होटल व्यवसाय संचालनमा आए सँगै जिल्लाका विद्यालयहरु पनि संचालनमा ल्याउनको लागि जुर्मुराउँदो अवस्थामा छन् ।

विगत ५ महिनादेखि कोरोना भाइरस कोभिड १९ का कारण बन्द रहेका जिल्लाका सबै विद्यालयहरु लामो दूरीका सवारी साधनहरु समेत संचालनमा आइसकेपछि खोल्ने तयारीमा लागेका हुन् ।


जिल्लाको खाँडादेवी र सुनापति गाउँपालिकाले विभिन्न विधि मार्फत् विद्यालय संचालनको थालनी गरिरहँदा बाँकी रहेका स्थानीयतहहरुले समेत विद्यालय खोल्ने या नखोल्ने विषयमा निर्णय गर्न सकिरहेका छैनन् ।


गत असोज १ गते जिल्ला प्रशासन कार्यालय, रामेछापले वैकल्पिक शिक्षालाई सुचारु गर्न अनुमति दिँदै विगतको जस्तो विद्यार्थी भेला गराउँदै नियमित कक्षा संचालनको अनुमति दिएको थिएन । सोही सूचनाको आधारमा धेरै विद्यालयहरुले वैकल्पिक शिक्षाको मोडल तयार गरी आफूहरुका विद्यालयहरु संचालन गर्ने तयारी गरिरहेका छन् ।


यसै पनि जिल्ला प्रशासन कार्यालयको सूचनाले पनि प्रष्ट सँग विद्यालय खोल्ने या नखोल्ने भन्ने अन्यौलता रहेको देखाएको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाको बुँदा नं. ९ मा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको स्वीकृत बमोजिम रेडियो, अनलाइन, स्वाध्यन, दूरशिक्षा लगायतका बैकल्पिक माध्यमबाट सिकाईलाई सहजिकरणगर्ने भन्ने उल्लेख गरिएको छ भने बुँदा नं. १० (१०.१) मा फेरि शैक्षिक संस्थाहरु (विद्यालय, कलेज, ट्युशन सेन्टर, तालिम केन्द्र) शैक्षिक र अन्य परीक्षा संचालन नगर्ने भन्ने उल्लेख गरेको हुँदा यस्तो अन्यौलता सिर्जना गरेको हो ।

जिल्ला प्रशासन कार्यालय रामेछापले जारी गरेकाे सूचना


जिल्लाका केही गाउँपालिकाहरुले शैक्षिक कार्यक्रम सुरु गरिरहँदा जिल्ला प्रशासन कार्यालयको सूचनाको अर्थपूर्ण कार्यान्वय नभएको हो ? भन्ने जनता भ्वाइसको जिज्ञासामा रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा भन्छिन्, ‘हामीले सामान्य अवस्थामा विद्यालय खोल्न भनेका होइनौं । वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरण निर्देशिका २०७७ को अधिनमा रही विद्यालय संचालन गर्दा हामीलाई कुनै आपत्ति होइन । तर सामान्य अवस्थाबाट विद्यालय संचालन गर्ने कुरा अहिलेको सन्दर्भमा उपयुक्त हुँदैन ।’


शर्माको यो भनाईले विद्यालयहरु निर्देशिकाको अधिनमा रहेर खोल्ने विषयले अनुमति पाएको देखिन्छ । तर यसरी विद्यालयहरु संचालन गर्दा आपूmहरुले कडाइका साथ अनुगमन गर्ने शर्माको कथन छ ।

उता सरकारले वैकल्पिक शिक्षाको अवधारणामा अनलाइन कक्षा संचालनलाई धेरै भन्दा धेरै जोड दिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार स्थानीय तह र विद्यालयको दायित्व हेर्दा सो पाटो कम चानचुने देखिँदैन । भौतिक स्रोत साधनले भरिपूर्ण नभएका गाउँमा विद्यालयहरुले निर्देशिका बमोजिमको अभ्यास गराउनु असम्भवप्रायः नै छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

काठमाडौँबाट रामेछाप हिड्यो लामो दूरीको बिजुली बस

Next Post

आज छैटौँ संविधान दिवस मनाईदै, प्रधानमन्त्रीले टुँडिखेलबाटै देशवासीलाई सम्वोधन गर्ने

Next Post
आज छैटौँ संविधान दिवस मनाईदै, प्रधानमन्त्रीले टुँडिखेलबाटै देशवासीलाई सम्वोधन गर्ने

आज छैटौँ संविधान दिवस मनाईदै, प्रधानमन्त्रीले टुँडिखेलबाटै देशवासीलाई सम्वोधन गर्ने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.