Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेपालमा १६ वर्ष उमेरकालाई बढी मानसिक समस्या

जनता भ्वाइस by जनता भ्वाइस
September 22, 2020
in समाचार, स्वास्थ्य
0
नेपालमा १६ वर्ष उमेरकालाई बढी मानसिक समस्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, असोज ६

१६ वर्ष उमेर समूहका किशोरकिशोरीमा सबैभन्दा बढी मानसिक समस्या देखिएको एक अध्ययनले देखाएको छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण आज सार्वजनिक गर्दै १६ वर्ष उमेरका ७.७ प्रतिशत किशोरकिशोरी बढी मानसिक समस्यामा पर्ने गरेको देखिएको परिषद्का कार्यकारी निर्देशक डा. प्रदीप ज्ञवालीले जानकारी दिए।

तीमध्ये किशोरीमा ५.३ प्रतिशत र किशोरमा पाँच प्रतिशत मानसिक समस्या देखिएको छ।

परिषद्ले सार्वजनिक गरेको प्रतिवेदनमा प्रदेश नं १ का किशोरकिशोरीमा सबैभन्दा बढी मानसिक समस्या देखिएको छ।

त्यहाँका ११.४ प्रतिशत किशोरकिशोरीमा समस्या देखिएको उनले बताए।

यस्तै ५.२ प्रतिशत किशोरकिशोरीमा मानसिक समस्या, ०.६ प्रतिशतमा उदासिनता, ३.९ प्रतिशतमा आत्महत्याको सोच र ०.७ प्रतिशतमा आफ्नो जीवनकालमा आत्महत्याको प्रयास गरेका पाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

यस्तै ०.६ प्रतिशतमा मादक पदार्थलगायत अन्य कुनै प्रकारको नसालु पदार्थको सेवनका कारण मानसिक समस्या आउने गरिएको उल्लेख गरिएको छ।

सर्वेक्षणमा २३ प्रतिशत वयस्क युवाले आफूमा लक्षण देखिएपश्चात चिकित्सक वा अन्य व्यक्तिसँग सहयोग मागेको देखिएको छ।

सहयोग प्रदायक व्यक्ति वा चिकित्सकमध्ये ६.५ प्रतिशत मनोचिकित्सक, ८.८ प्रतिशत अन्य विशेषज्ञता भएका चिकित्सक र ६-७ प्रतिशत जोखाना हेर्ने, पूजाआजा गर्ने र धामीझाक्री लगाउने गरेको पाइएको छ।

यस्तै वयस्कमा सबैभन्दा बढी वागमती प्रदेशका ५.९ प्रतिशत मानसिक समस्यामा पर्ने गरेको प्रतिवेदनमा उल्लेख छ।

उमेर समूहमा (४० देखि ४९ ) वर्षका वयस्क ६.३ प्रतिशत मानसिक समस्या र तिमध्ये महिला ५.१ प्रतिशत र पुरुष ३.४ प्रतिशत रहेका छन्।

सर्वेक्षणमा १० प्रतिशत वयस्कमा आफ्नो जीवनकालमा कुनै न कुनै समयमा र ४.३ प्रतिशत वयस्कमा हालको अवस्थामा पनि समस्यामा रहेको पाइयो।

यस्तै तीन प्रतिशत वयस्क उदासिनताका, ६.५ प्रतिशतमा हालको अवस्थामा आत्महत्याको सोच र १.१ प्रतिशतमा आफ्नो जीवनकालमा आत्महत्याको प्रयास गरेको सर्वेक्षणमा पाइएको परिषद्का कार्यकारी निर्देशक डा. ज्ञवालीले जानकारी दिए।

यस्तै ४.२ प्रतिशत वयस्कमा मादक पदार्थ सेवन गरेका कारण र ०.२ प्रतिशत नसालु पदार्थ सेवन गरेका कारणले मानसिक समस्यामा पर्ने गरेको उल्लेख छ।

परिषद्ले सन २०१९ जनवरीदेखि सन् २०२० जनवरीसम्म सातवटै प्रदेशमा १५ हजार ८८ जनामा सर्वेक्षण गरेको थियो।

तीमध्ये पाँच हजार ८८८ जना १३ देखि १७ वर्ष उमेर समूहका र नौ हजार २०० जना १८ वर्ष माथिका वयस्क थिए।

(रासस)

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

चुनाव चिह्न हलो राखेर दल दर्ता गर्दै राप्रपामा

Next Post

भोकाहरुको भोक मेटाउँदै रासम, १ हजार भन्दा बढीको भोक मेटियो

Next Post
फुडबैंक संचालनको तयारीमा रासम, फुड प्याकेजिङको कार्य तिव्र गतिमा

भोकाहरुको भोक मेटाउँदै रासम, १ हजार भन्दा बढीको भोक मेटियो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.