Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रासमले मन्थलीमा संचालन गरेको फुडबैंकको दैनिक काउण्टर सेवा बन्द हुँदै

जनता भ्वाइस by जनता भ्वाइस
September 30, 2020
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
रासमले मन्थलीमा संचालन गरेको फुडबैंकको दैनिक काउण्टर सेवा बन्द हुँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

असोज १४ । जनता भ्वाइस संवाददाता, रामेछाप
रामेछापका सहयोगी मन (रासम) ले मन्थलीमा संचालन गरेको फुडबैंक आगामी १७ गते शनिवारदेखि बन्द हुने भएको छ । गत भदौ २५ गतेदेखि हरेक दिन अपरान्ह ४ बजेदेखि साँझ ६ बजेसम्म संचालन हुँदै आएको फुडबैंकको काउटर सेवा मात्र बन्द हुने रासमले जानकारी दिएको छ ।


कोरोना भाइरस कोभिड १९ का कारण लकडाउनको मार खेपिरहेका मजदुर, गरिब र विपन्न वर्ग लक्षित गर्दै फुडबैंकले विभिन्न परिमाणमा खाद्य सामग्रीको निशुल्क वितरण गर्दै आइरहेको थियो ।
फुडबैंक संचालनदेखि यो समाचार तयारपर्दासम्म यहाँ खाद्यान्न लिन आउनेहरुको घुइँचो लाग्ने गरेको छ । यस फुडबैंकबाट हालसम्म करिब २ हजार भन्दा बढी व्यक्तिहरुका लागि रासमले खाद्यान्न वितरण गरिसकेको छ ।


फुडबैंकको काउण्डर सेवा बन्द भएपनि जिल्लाभर रहेका अत्यन्तै गरिब, असाहय, अपाङ्गहरुका लागि भने खाद्यान्न वितरणको कार्य सुचारु रहने छ । ‘फुडबैंक बन्द भएपछि रासमले कस्तो प्रकृतिमा खाद्यान्न वितरण गर्ने योजना बनाएको छ ?’ भन्ने जनता भ्वाइसको जिज्ञासामा रासम सदस्य जय मानन्धर भन्छन्,


‘विगतका दिनहरुमा पनि रासमले काउण्टर सेवाका साथै गाउँगाउँमा गएर सहयोग गर्नुपर्ने वर्गका व्यक्ति तथा परिवारहरुको पहिचान गरी खाद्यान्न वितरण गरेको थियो । अब आउने शनिवार देखि भने काउण्टर सेवा बन्द भएपनि लक्षित वर्गको पहिचान तथा विष्लेशण गरी घरमै गएर सहयोग गर्ने छौं ।’


विगत केहिदिन यता रासमले रामेछाप नगरपालिका सिमन्तीका अपाङ्ग म्हेम्बर तामाङदेखि मन्थली २ का विभिन्न ५ विपन्न परिवार तथा अपाङ्गता भएका व्यक्तिहरुका लागि घरघरै गएर खाद्यान्न वितरण गरेको थियो ।


आफूहरुले संचालन गरेको फुडबैंकको सेवा बन्द गर्नुपरेकोमा रासमले दुःख मानेको छ । फुडबैंक संचालन गर्दाको समयभन्दा वर्तमान समय केही सहज भएको र दैनिक ज्याला मजदुरी गर्ने व्यक्तिहरुलाई समेत कामगर्ने वातावरण भएकोले अब फुडबैंकबाटै खाद्यान्न वितरण गर्नुपर्ने अवस्था नभएको निष्कर्षका साथ बन्द गर्ने निर्णय गरेको हो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

मान्छे खाने बाघको सामुन्ने पुग्दा

Next Post

बजेट र विचार

Next Post
बजेट र विचार

बजेट र विचार

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.