Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बोक्सी आरोपकाे उजुरी जिल्ला प्रहरीले दर्ता गर्न मानेन, दवामा मिलापत्रको प्रयास

जनता भ्वाइस by जनता भ्वाइस
October 12, 2020
in राष्ट्रिय समाचार, समाचार
0
बोक्सी आरोपकाे उजुरी जिल्ला प्रहरीले दर्ता गर्न मानेन, दवामा मिलापत्रको प्रयास
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

असोज २४, रामेछाप ।
आफ्नै दवरानीले बोक्सीको आरोप लगाएको उजुरी लिएर जिल्ला प्रहरी कार्यालय पुगेकी एक महिलाको उजुरी लिन जिल्ला प्रहरी कार्यालय, रामेछापले अस्विकार गरेको छ ।
बोक्सीको आरोप खेपेकी सुनापति गाउँपालिका वडा नं. २ की पीडित पूर्णमाया मगरले आज मन्थलीमा गरेको पत्रकार सम्मेलनमा सो गुनासो गरेकी हुन् । सोही वडामा बसोबास गर्ने अर्की महिला तथा पीडित पूर्णमायाकी देवरानी नाता पर्ने जगीमाया मगरले बोक्सीको आरोप लगाएको पीडित पूर्णमायाले बताएकी हुन् ।


गत असोज १६ गते पीडित पूर्णमायाको बारीमा रहेको मकै पीडक भनिएकी जगिमाया मगरको गोरुले खाएर क्षति पुर्याएपछिको विवाद्मा जगिमायाले आफूलाई बोक्सीको आरोप लगाएको उनले बताएकी हुन् ।


आफूलाई बिनाकसुर बोक्सीको आरोप लगाए पछि विक्षिप्त बनेकी पूर्णमाया आफूलाई न्यायको माग गर्दै गाल्पा प्रहरीमा समेत आफूले न्याय नपाए पछि जिल्ला प्रहरी कार्यालय आउँदा समेत आफ्नो प्रहरीले उजुरी दर्ता गर्न नमानेको उनको आरोप छ ।


गत बिहिबारदेखि हातमा उजुरी लिएर जिल्ला प्रहरी कार्यालयको ढोकामा दैनिक उभिएकी पूर्णमायालाई हठात् प्रहरीले निराश बनाएर फर्काइदिएको छ । पीडित पूर्णमायाको भनाई अनुसार बिहिबारदेखि आफूहरुले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गर्न खोजेको र पीडक पक्ष समेत आएपछि मात्रै आफूहरुले उजुरी लिने जिल्ला प्रहरी कार्यालयले बताए पनि र पीडक पक्ष कार्यालयमा आउँदा समेत आफूले आज शनिवार सम्म कुर्दा पनि आफ्नो उजुरी दर्ता नभएकोमा गुनासो गरेकी हुन् ।


जिल्ला प्रहरी कार्यालय, रामेछापले विगत ३ दिनदेखि उजुरीपत्र बोकेर आएका पीडित र उनका आफन्त हरुलाई पीडक पक्ष पनि आउनु पर्ने भन्दा कुराएकोमा आज शनिवार पीडक पक्ष भनिएकी जगीमाया मगर जिल्ला प्रहरी कार्यालयमा आउँदा उल्टै मिलापत्र गर्न दवाव दिएको बताएकी छिन् ।
विगत २०६४ सालमा समेत जगीमायाले नै आपूmलाई बोक्सीको आरोप लगाउँदा तत्कालिन नेकपा (माओवादी) १० नं. इलाकाका उपाध्यक्ष रमेश थापा मगरको रोहवरमा अब आइन्दा यस्तो नगर्ने र गरेमा कारबाहीको भागिदार हुनुपर्ने भन्दै मिलापत्र गरी घटनालाई मिलाइएको पूर्णमायाका ज्वाइँ केशर मगरले बताएका छन् ।

२०६४ सालमा यस्तै अभियाेगमा तत्कालिन नेकपा माअाेवादी १० नम्बर इलाकाले गराएकाे मिलापत्र


त्यस्तै अर्का स्थानीय चन्द्र थापा मगरले पूर्णमायाका लागि न्यायको ढोका ढक्ढक्याउन जुनसुकै स्थानमा जानुपरे पनि पछि नपर्ने बताएका छन् ।


घटनाकी पीडित पूर्णमाया मगरले आफूलाई न्याय नदिनका लागि वडास्तरका जनप्रतिनिधिले नै भूमिका खेलेको बताएकी छिन् ।


यसरी सो समयमा समेत सोही महिलालाई उही हालकी पीडक महिला जगीमाया मगरले बोक्सीको आरोप लगाउँदा राजनैतिक दवाबमा मिलापत्र गराइएको देखिएको छ । सो मिलापत्रमा लेखिएको व्यहोरा अनुसार बदर भएमा दफा नं. २७ लगाइ कारबाही गरिने उल्लेख भएको भएता पनि कुन कानुनको कुन दफा हो भन्ने खुलाइएको छैन ।


आज मन्थलीमा पत्रकार सम्मेलन गरी आप्mनो उजुरी लिन जिल्ला प्रहरी कार्यालयले नमानेको विषयमा ‘पीडित महिलाको उजुरी लिन किन अस्वीकार गरिएको हो ?’ भन्ने जनता भ्वाइसको जिज्ञासामा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता एवम् इन्सपेक्टर टेकेन्द्र शर्मा पौडेल सँग जिज्ञासा राख्दा उनी यस्तो बताउँछन्,

‘घटनामा दुवै पक्ष समान दोषी देखिएको छ । हामीले गाल्पा प्रहरीको रोहवरमा घटना बारे विस्तृत अध्ययन गर्यौैं । सो अध्ययनले घटनामा दुवै महिलाहरु समान दोषी भएको पाइयो । छरछिमेक बुझ्दा समेत विगत लामो समयदेखि दुबै महिलाहरु एकर्कामा झैझगडा गरिरहने र अशान्ति मच्चाइरहने प्रकृतिका भएको कारण दोष दुबैको देखिएको हो ।


यस्तो अवस्थामा कुनै एक पक्षको मात्रै कुरा सुनेर उजुरी दर्ता गर्दा त्यसले सही उपलब्धी हुने नदेखिएको कारणले दुबै पक्षलाई राखेर मिलापत्र गर्न भनिएको हो । उजुरी लिनुपर्ने विषय नै नभएकोले मिलापत्रबाटै घटनालाई साम्य बनाउँन खोज्दा हाल पीडित भनिएको पक्ष मिलापत्र गर्न नमानी बाहिरिएको छ ।’


अन्यत्र भएजस्तो बोक्सीको आरोपमा यस घटनामा मलमुत्र खुवाउने, शारीरिक दण्ड दिने जस्ता अमानवीय घटना भएको होइन । सामान्य भनाभनको सन्दर्भमा एकले अर्कोलाई बोक्सी भन्दा यो घटनालाई उजुरीको रुपमा नलिई मिलापत्रको माध्यमले साम्य पार्ने तर्फ गएको कुराकानीकै क्रममा थप प्रतिक्रिया दिँदै पौडेल भन्छन् ।


यसैबीच गाल्पा प्रहरीका हवल्दार अञ्जयकुमार सिँहसँग घटनाको बारेमा बुझ्न खोज्दा सुरुमा उनी पन्छिन खोजेका थिए । सुरुमा उनले भने, ‘यो घटनाको विषयमा मैले जिल्ला प्रहरी कार्यालयमा जानकारी गराइसकेको छु । थप बुझ्नुपरे जिल्लाका प्रवक्तासँग बुझ्नु होला ।’


सिँहको यस्तो ओठे जवाफ पछि कुराकानीकै सन्दर्भमा जवाफका लागि आग्रह गर्दा झगडिया दुबै उनकै भाषामा (आइमाई) महिलाहरु गाउँमा सँधै झगडा गर्ने र विगतका दिनहरुमा पनि यस्ता घटनाहरुमा मिलापत्र भइसकेको र हाल पनि घटना बल्झिएको उनी बताउँछन् ।


जिल्ला प्रहरी कार्यालयमा घटनाले किनारा लाग्न नपाए पछि सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामाले नागरिकले न्याय माग्दा उचित न्याय पाउनुपर्ने भन्दै पीडित भनिएकी महिलालाई गाउँपालिकामा नै बोलाएर न्याय दिलाउने बताएका छन् ।

‘अब यो घटनालाई कसरी किनारा लगाउने सोच्नु भएको छ ? भन्ने हाम्रो जिज्ञासामा अध्यक्ष लामा भन्छन्, ‘घटनाको वास्तविकताबारे हालसम्म मैले पूर्ण जानकारी पाएको छैन । तर सो घटनाको बारे जिल्ला प्रहरी कार्यालयले उजुरी लिन नमानेको भन्नेसम्म सुनेको छु । त्यसैले एउटा नागरिक न्याय नपाएर भौतारिइरहँदा दुबै पक्षलाई बोलाएर पीडितलाई न्याय दिने र पीडकलाई कारवाही गर्ने कुरामा गाउँपालिका पछि पर्दैन ।’ अध्यक्ष लामाको भनाईलाई हेर्ने हो भने अब गाउँपालिकाले नै यो मुद्धालाई किनारा लगाउने देखिन्छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

खाँडादेवी गाउँपालिका ५ दिनका लागि बन्द

Next Post

गृहमन्त्रीलाई खुला-पत्र

Next Post
गृहमन्त्रीलाई खुला-पत्र

गृहमन्त्रीलाई खुला-पत्र

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...